Loading

भजनी/कैलालीको भजनी नगरपालिकामा भ्रष्टचार नियन्त्रण र सुशासन प्रवद्वर्न सम्बन्धी एकदिने पालिकास्तरीय अन्तक्रिरया कार्यक्रम सम्पन्न भएको छ ।

अख्तियार दूरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको आयोजनामा भएको उक्त कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी,स्थानीय गैरसरकारी संस्थाका प्रतिनिधि, विद्यालयका प्रअ तथा विद्यालय व्यवस्थापन समिति, संचारकर्मी, स्वास्थ्कर्मी, उद्योग वाणिज्य संघ लगायतको सहभागिता रहेको थियो ।

उक्त अन्तरक्रिया कार्यक्रममा भ्रष्टचारको परिचय, अर्थ परिभाषा, आर्थिक वर्ष २०७७/०७८ मा उजुरी फछ्यौट रंगेहात कारबाही तथा मुदा दायर सम्बन्ध र भ्रष्टाचारका कसुरहरु तथा सजायको प्रावधान, भ्रष्टाचार नियन्त्रणमा हामी सबैको दायित्व र जिम्मेवारीमा रहेका विषयबस्तुमा शाखा अधिकृत चन्दकान्त बस्नेतले कार्य प्रस्तुत गरेका थिए ।

कैलाली जिल्लामा १९२ वटा उजुरीमा चालू आर्थिक वर्ष २०७८/०७९ भजनी नगरपालिकाबाट १३ वटा उजुरी रहेका छ्न् जसमा गत आर्थिक वर्षमा ७ वटा र चालू आर्थिक वर्षमा ६ वटा दर्ता उजुरीमा ६ वटा छानबिनको क्रममा रहेको छन् ।

कार्यक्रमका प्रमुख अतिथि भजनी नगर प्रमुख केवल चौधरी, विशिष्ट अतिथि नगर उपप्रमुख राजु तिरुवा, प्रमुख प्रशासकीय अधिकृत सुर्यबहादुर सिंह लगायत रहेका थिए । आयोगको कार्यालय कञ्चनपुरका प्रमुख रामबहादुर कुरुवाङ्गको आध्यक्षतामा भएको थियाभने कार्यक्रमको सहजीकरण दिनेश बहादुर खड्काले गरेका थिए ।