![]()
टीकापुर/स्थानीय निर्वाचन २०७९ को पसिछल्लो मतपरिणाम अनुसार नेपाली काँग्रेस पहिलो दल बनेको छ । यसैगरी नेकपा एमाले दोस्रो र नेकपा माआवादी तेस्रो भएका छन् ।
प्राप्त नतिजा अनसार नगरप्रमुखमा नेपाली काँग्रेसले १३९, नेकपा एमाले ८१, माओवादी केन्द्र २५ र नेकपा एकीकृत समाजवादी पार्टीले १२ स्थानमा जितेकाा छन्भने गाउँपालिकाको अध्यक्षमा क्रमशः नेपाली काँग्रेस १८८, नेकपा एमाले १२३, नेकपा माओवादी केन्द्र ९६ र नजता समाजवादी पार्टी २१ स्थान जित्न सफल भएका छन् ।
यसैगरी उपप्रमुखमा नेपाली काँग्रेस १०९, नेकपा एमाले १११, नेकपा माओवादी केन्द ३३ र जनता समाजवादी पार्टीले १२ स्थान जित्न सफल भएका हुन् भने गाउँपालिकाको उपाध्यक्षमा नेपाली काँग्रेस १९०, नेकपा एमाले १२६ र नेकपा माओवादी केन्द्र ९५ र जनता समाजवादी पार्टी १९ स्थान त्नि सफल भएका हुन् ।
यसैगरी वडाअध्यक्षतर्फ नेपाली काँग्रेस २६५० नेकपा एमाले २१२२, नेकपा माओवादी केन्द १०५१ र जनता समाजवादी पार्टीले २९४ स्थान जितेका छन्भने महिला सदस्यहरुमा नेपाली काँग्रेस २५९२, नेकपा एमाले २३३३, नेकपा माओवादी केन्द्र ९६१ र जनता समाजवादी पार्टीले २९८ स्थान जितेको छ । यस्तै दलित महिला सदस्यमा नेपाली काँग्रेस २५३७, नेकपा एमाले २२७९, नेकपा माओवादी केन्द्र ९७१ र जनता समाजवादी पार्टीले २९५ स्थानमा जितेको छ । सदस्यहरुमा नेपाली काँग्रेस ५२२५, नेकपा एमाले ४६६०, नेकपा माओवादी केन्द्र १८०२ र जनता समाजवादी पार्टीले ५९५ स्थान जितेको छ ।




तथ्यांक स्रोत : निर्वाचन आयोग, नेपाल (स्थानीय तह निर्वाचन, २०७९)
