![]()
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्थानीय तहको विषयलाई लिएर आप्mनै नेता तथा कार्यकताँग रुष्ट भएका छन् ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बुधबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनावमा एमाले नेता तथा कार्यकताले नै आफ्नो उम्मेद्वारलाई भोट नदिएको बताए को बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
एमालेकै नेता तथा कार्यकर्ताले पनि आफ्ना उम्मेदवारलाई मत नदिएको बैठकको निष्कर्ष छ । ‘प्रमुखबाहेकमा एमालेले जितेको छ, तर प्रमुखमा भोट हालेको देखिएन,’ तामाङले भने, ‘एमालेकै नेता कार्यकर्ताले पनि आफ्नै पार्टीका प्रमुख पदमा उम्मेदवारीलाई नहाल्ने व्यवहार देखियो ।’
काठमाण्डौ महानगरपालिका, धनगढी र धरान उपमहानगरपालिका लगायतका विभिन्न स्थानीय पालिकाको मत परिणामतर्फ इंगित गर्दै ओलीले सो आरोप नेता कार्यकर्तामाथि लगाएका हुन् ।
ती नेताले प्रमुख पदका उम्मेदवारलाई आफ्नै नेता कार्यकर्ताले भोट नदिएका विषयमा तल्लो कमिटीबाट कारण पत्ता लगाउन पत्राचारसमेत गरिएको उनले जानकारी दिए । संघीय संसदमा मंगलबार प्रस्तुुत गरिएको गरेको नीति तथा कार्यक्रममा नयाँ कुरा नआएको एमालेले दोहो¥याएको छ ।
