![]()
टीकापुर/ टीकापुर नगरपालिकाका प्रमुख तथा उपप्रमुखद्वारा सोमबार एक कार्यक्रमका वीच पदभार ग्रहण गरेका छन् ।
नगरप्रमुख रामलाल डगौरा थारु र उपप्रमुख खडकबहादुर शाहले पदभार ग्रहण गरेका हुन् । वडाध्यक्षहरुको भने मंगलबारबाट पदभार ग्रहण हुने सम्बन्धित वडाले जनाएका छन् ।
पदभार ग्रहण लगतै नगरप्रमुख थारुले टीकापुर नगरपालिकालाई ग्रीन सिटी बनाउने, शिक्षालाई सर्वसुलभ, पहुँचयोग्य तथा गुणस्तरीय बनाउने र टीकापुरमा चत्रपथ निर्माण गरिने विषयका तीनवटा निर्णय गरेका छन् । उनले अब शिक्षक तथा कर्मचारीहरुले कार्यालय समयमा उपस्थित नभए तत्काल कारवाही गरिने समेत बताए ।

यस्तै उपप्रमुख शाहले प्राविधिक टोलीलाई टीकापुरमा सडकको गुणस्तर खस्किनुको कारण सोध्दै आगामी दिनमा सडक निर्माणमा कुनैपनि प्रकारको कम्परमाइज भए ठाउँको ठाउँ कारवाही गरिने बताएका छन् । उनले टीकापुरको विकासका लागि प्राविधिकलाई चाहिने सहयोग आपूmबाट हुने तर विकास कमसल गर्ने परिपाटी आफूबाट सह्य नहुने बताए ।

