![]()
टीकापुर/टीकापुर नगरपालिकाका प्रमुख, उपप्रमुख सहितका सम्पूर्ण जनप्रतिनिधिहरुले सोमबार एक कार्यक्रमका वीच सपथग्रहण गरेका छन् । नगरपालिकाको सभाहलमा भएको सपथग्रहण कार्यक्रममा नवनिर्वाचित नगरप्रमुख रामलाल डगौंरा थारुले उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यहरुलाई सपथग्रहण गराएका हुन् ।
यसअघि सोाबार बिहान नगरप्रमुख रामला डगौराले कैलाली जिल्ला अदालतका मुख्य न्यायाधी माननीय समक्ष सपथग्रहण गरेका थिए । उनीसँगै कैलाली जिल्लाका ११ पालिका प्रमुखले सपथग्रहण गरेका हुन् । २ पालिका प्रमुखले भने पहिले नै सपथग्रहण गरिसकेका थिए ।
सपथग्रहण कार्यक्रममा बोल्दै नगरप्रमुख डगौराले टीकापुरका जनताले सबैले मिलेर टीकापुर बनाउन जनप्रतिनिधि चयन गरेकाले हामी सबै मिलेर टीकापुर बनाउन लाग्नुपर्छ भने । उनले यसअघि कुनै न कुनै दलबाट उम्मेद्वार रहेपनि निर्वाचित भइसकेपछि दलबिहीन भएर सम्पूर्ण टीकापुरवासीको प्रतिनिधि भएको बताए ।
यस्तै नगर उपप्रमुख खगकबहादुर शाहले टीकापुरका जनताले टीकापुरको समग्र हीत र विकासका लागि आपूmलाई निर्वाचित गरेकाले आप्mनो पहिलो कर्तव्य टीकापुरको विकास र टीकापुरका जनताको समृद्धि नै रहेको बताए । सबै जनतासँग हातेमालो गरेर टीकापुरलाई अघि बढाउन जिम्मेवारी थपिएको बताउँदै आपूmले जनचाहनालाई खेर जान नदिने बताए ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख तथा निर्वाचन कार्यालय टीकापुरका प्रमुखले कार्यकालको शुभकामना सहित बधाई दिँदै जनताको सेवामा लाग्न सल्लह दिए । उनीहरुले जनताको सेवा गर्ने काममा कर्मचारी तथा प्रशासनको भरपुर सहयोग रहने बताए ।

यसैवीच भजनी नगरपालिकाका नगरप्रमुख केवल चौधरी, उपप्रमुख राजु तिरुवा, वडाध्यक्षहरु तथा सदस्यहरुले पनि सोमबार नै नगरपालिकामा आयोजित एक कार्यक्रमका वीच सपथग्रहण गरेका हुन् । 

यसैवीच भजनी नगरपालिकाका नगरप्रमुख केवल चौधरी, उपप्रमुख राजु तिरुवा, वडाध्यक्षहरु तथा सदस्यहरुले पनि सोमबार नै नगरपालिकामा आयोजित एक कार्यक्रमका वीच सपथग्रहण गरेका हुन् ।

