Loading

भजनी / कैलालीको भजनी नगरपालिकामा राष्ट्रिय भूमि प्राप्तिको अभियान अन्तर्गत भूमिहिन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गाधधनी निस्सा वितरण गर्ने कार्यको बुधबारदेखि शुरु भएको छ ।
भजनी नगरपालिका स्थानीय भूमि सेवा केन्द्रको आयोजनामा भएको कार्यक्रमा प्रमुख अतिथि भजनी नगरपालिका प्रमुख शेर बहादुर चौधरी रहेका थिए ।

सो अवसरमा प्रमुख अतिथि चौधरीले भजनी नगरपालिका वडा नं ८ को खैरा टोलबाट जग्गा नापको उद्घाटन गर्दै जनतामाझ आपूmले प्रतिवद्धता गरेको कुरा शुरु भएको बताए उनले भने, नाप नक्सांकन कार्यका लागि निस्सा दिन र जग्गा नापको नक्सांकनको काम सुरु भएको छ, यससंगै मैले जनता माझ गरेको प्रतिवद्धता पूरा गर्न लागेको छुँ ।
उनले स्थानीय जनताले पनि यसकार्यमा सहयोग गर्नुपर्ने आग्रह गर्दै आफ्नो कार्यकालमा थुप्रै काम गरेको स्मरण गराए । सडक, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा उल्लेखनीय काम गर्न सफल भएका छौं । भूमिहीनहरूलाई लालपूर्जा दिन सकिदैन क भन्ने चिन्ता थियो, त्यो चिन्ता अब हटेर गएको छ ।”

त्यसैगरी वडा नं ८ का वडा अध्यक्ष पंकज चौधरीले भूमिहीनको लामो समय देखिको समस्या समाधान हुन लागेको र विगतका बर्षदेखि भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुले झेल्दै आएका समस्याको अब समाधान हुने बताए ।
पहिलो चरणमा जग्गाको नापनक्सा र निस्सा दिने कार्य भएको हुँदा लालपूर्जा पाउने कुरामा ढुक्क हुन भजनी नगरपालिका कार्यपालिका सदस्य कमला ज्ञवालीले बताइन् ।

राष्ट्रिय भूमि आयोगको स्थानीय सेवा केन्द्र भजनी नगरपालिका प्रमुख रेखा चौधरीले पहिलो चरणमा वडा नं ८ बाट जग्गा नापको काम सुरु हुने कार्यक्रम अनुसार वडा नं ८ मा भएको बताइन् । वडा नं ८ मा भूमिहिन दलित २० परिवार, भूमिहिन सुकुम्बासी १४१ परिवार र अव्यवस्थित बसोबासी १ हजार १ सय ३२ परिवार गरि जम्मा १३ सय ९ ले फाराम भरेका थिए ।
भजनी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष पंकज चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य राष्ट्रिय भूमि आयोगको स्थानिय सेवा केन्द्र प्रमुख रेखा चौधरीले गरेकी थिइन् भने कार्यक्रम सञ्चालन जयप्रसाद ढुङ्गानाले गरेका थिए ।
उक्त कार्यक्रममा चन्द्रकला विक, वडा नं ८ का वडा सदस्य कृष्ण लाल धमाला, चन्द्रलाल चौधरी सहित भूमिहिन दलित सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको सहभागिता रहेको थियो । स्मरण रहोस् कैलाली जिल्लाको सबैभन्दा बढी ऐलानी जमिन रहेको नगरपालिकामा भजनी पनि एक हो ।