Loading

एजेन्सी (दुबई), २२ असोज / ओपनर सौभर तिवारीले उत्कृष्ट ब्याटिङ गरेपछि इन्डियन प्रिमियर लिग (आईपिएल)मा कोलकाता नाइट राइर्डसले तेस्रो जित निकालेको छ । बुधबार राति अबुधाविमा भएको खेलमा सौरभ चम्किएपछि कोलकताले चेन्नई सुपर किंग्सलाई १० रनेले हरायो ।चेन्नईमाथिको १० रनको जितसँगै कोलकता ६ अकका साथ अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । रोयल च्यालेन्जर्स बैंग्लोरलाई रनरेटमा पछि पार्दै कोलकता तेस्रो स्थानमा उक्लिएको हो । चेन्नई भने ५ खेलमा २ जितका साथ पाँचौं स्थानमा छ ।कोलकाताले सनराइजर्स हैदरावदलाई ७ विकेट र राजस्थान रोयल्सलाई ३७ रनले पराजित गरेको थियो । ऊ मुम्बईसँग ४९ रन र दिल्ली क्यापिटल्ससँग १८ रनले पराजित भएको थियो ।टस जितेर ब्याटिङ गर्दै कोलकाताले दिएको १६८ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १५७ रन मात्र बनाउन सक्यो । उसका लागि सेन वाट्सनले लागतार दोस्रो खेलमा अर्धशतक बनाए, तर टिमलाई जित दिलाउन भने सकेनन् ।वाट्सनले ४० बल खेल्दै ६ चौका र १ छक्काको सहयोगमा ५० रन बनाए भने अम्बाती रायाडुले २७ बलमा ३०, रवीन्द्र जडेजाले २१ र फाफ डु प्लेसिस र साम कुरानले समान १७ रन बनाए । कोलकाताका शिवम मावी, वरुण चक्रवर्ती, कमलेस नगरकोटी, सुनिल नारिन र आन्द्रे रसेलले समान १ विकेट लिए ।यसअघि पहिला ब्याटिङ गरेको कोलकाताले सौरभ तिवारीका अर्धशतकीय योगदान मद्दतमा निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १६७ रन बनाए । ओपनिङमा आएका तिवारीले ५१ बल खेल्दै ८ चौका र ३ छक्का प्रहार गर्दै ८१ रन बनाए ।यस्तै, सुनिल नारिन र प्याट कमिन्सले समान १७ रन बनाउँदा दिनेश कार्तिकले १२ र सुभमन गिलले ११ रन बनाए । चेन्नईका ड्वायन ब्राभोले ३ विकेट लिए भने करण शर्मा, शार्दुल ठाकुर र साम कुरानले समान २ विकेट लिए ।बिहीबार किंग्स इलावेन पञ्जाव र सनराइजर्स हैदरावद भिड्ने छन् । साँझ ७ः४५ मा हुने खेल दुबईमा हुने छ ।