![]()
भजनी/ कैलालीको भजनी नगरपालिका वडा नं २ स्थित लोटिहवा तालमा नव निर्मित लोटिहवा ताल पर्यटक स्थलको उदघाटन भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले शजिबार उद्घाटन गरेका छन् ।
नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ विनियोजित बजेटबाट भजनी न.पा.२ र ३ रजवारा स्थित श्री राधा कृष्ण सामुदायिक वन उपभोक्ता समुहमा ब्लक न. ७ मा रहेको छ । एक कार्यक्रमका बीच पर्यटक स्थलको उद्घाटन गर्दै नगरप्रमुख चौधरीले भजनीलाई पर्यटकीय नगरको रुपमा लैजाने आप्नो प्रतिवद्धता पुरा हुन लागेको बताए ।
कार्यक्रममा वडा नं २ का वडा अध्यक्ष दुर्गा पुन, जनप्रतिनिधी रेखा कामी, संरक्षणप्रेमी, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समाजसेवी नारायण ओझा, सचिव जगत विक र स्थानीय भल्मंसाहरुको समेत उपस्थिती रहेको थियो।
उक्त कार्यक्रमको आयोजना राधाकृष्ण सामुदायिक वन उपभोक्ता समिती भजनी नगरपालिका वडा नं २ र ३ कार्यालय रजबाराले गरेको थियो।आफ्नो क्षेत्रमा लोटिहवा ताल पर्यटकीय स्थलको स्थापना भएकाले जनता सारै खुशी रहेका छन।
राधाकृष्ण सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष खुम बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य बिन्ती राम चौधरीले गरेका थिए भने कार्यक्रम संचालक सवडिभिजन वन कार्यालय भजनीका वन रक्षक प्रकाश विकले गरेका थिए।
स्मरण रहोस् भजनी क्षेत्रमा ताल तलवाहरुको भण्डार भएकाले पर्यटकिय स्थलको सम्भावना बोकेको नगरपालिका हो।

