Loading

नेकपा माओवादी निकट सञ्चारकर्मीहरुको संगठन प्रेस सेन्टर नेपालको टीकापुर शाखा गठन भएको छ ।
शनिबार टीकापुरमा भएको एक भेलाले टीकापुर शाखाको लागि पत्रकार बलराम चौधरी संयोजक रहेको १६ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ ।
प्रेस सेन्टर नेपाल ‘टीकापुर शाखा सम्मेलन आयोजक समिति’ नाम दिइएको उक्त समितिमा अन्य सदस्यहरुमा नारायण चौधरी, पूर्ण बि.क., खेमराज पाण्डेय, छविलाल जैसी,जनक कुमारी जैसी, राजेन्द्र विश्वकर्मा, सिताराम चौधरी, पूर्णिमा चौधरी, शर्मिला चौधरी, मानबहादुर ठकुल्ला, रत्ना पुन मगर, हरि चौधरी, दानबहादुर चौधरी र राकेश चौधरी रहेका छन् ।
संगठनका जेष्ठ सदस्य समेत रहेका स्थानीय पत्रकार पत्रकार दुर्गाप्रसाद भण्डारीको अध्यक्षतामा बसेको सो भेलामा दीपेन्द्र भण्डारी, पदम बोहरा, झलनाथ खनाल लगायतको उपस्थिति रहेको थियो ।
भेलाले यही फागुन २१ गते शाखा सम्मेलन गर्ने समेत निर्णय गरेको छ ।
प्रेस सेन्टर नेपालको नयाँ संशोधित विधान अनुसार संगठनका केन्द्रीय, प्रदेश र पालिकास्तरीय तीनवटा संगठन कार्यकारी भएकोले नै टीकापुर, भजनी नगरपालिका र जोशीपुर तथा जानकी गाउँपालिका गरी चारवटा स्थानीय तहमा रहेका विभिन्न सञ्चारमाध्यमहरुमा आवद्ध सञ्चारकर्मीहरु सहभागिता रहेको थियो ।
परिच्छेद ४ को दफा १२ मा रहेको कार्य समितिको गठन र विधि भन्ने शीर्षकको उपदफा १ मा रहेको पालिका/विदेश/प्रतिष्ठान, एशोसिएट शाखा वा उपशाखा भन्ने उपशीर्षकको ‘क’ अनुसार उक्त समिति गठन गरिएको हो ।
विधानमा लेखिएको छ कि ‘यस विधानको परिधी भित्र रहेर देशका स्थानीय तहहरु, कुनै सञ्चार माध्यम, एशोसिएट संस्था वा प्रवासको कुनै देश वा उक्त देशको शहरमा ११ जनाभन्दा बढी सदस्यहरु कार्यरत रहेमा शाखा गठन गर्न सक्नेछन् । ११ जना भन्दा कम संख्या रहेमा उपशाखा गठन गरिने छ । ५ जनाभन्दा कम रहेमा तदर्थ उपशाखा मात्र गठन गरिने छ ।’
त्यसैले टीकापुर नगरपालिका क्षेत्रमा मात्रै सो संख्या पग्ने भएपनि छिमेकी भजनी नगरपालिका, जानकी गाउँपालिका र जोशीपुर गाउँपालिकामा सञ्चारकर्मीहरुको संख्या कम रहेकालेपनि अन्य तीनवटा स्थानीय पालिकाहरुलाई टीकापुर शाखामा नै राखिएको संगठनका केन्द्रीय सदस्य समेत रहेका भेलाका अध्यक्ष भण्डारीले बताए ।
प्रजातन्त्र दिवसको अवसर पारेर गठन गरिएको उक्त शाखा नयाँ विधान लागु भएपछि सुदूरपश्चिम प्रदेशमा पहिलो शाखा समिति भएको समेत उनले बताए ।