![]()
गुजरात(सुरत)/प्रवासी नेपाली संघ भारत महाराष्ट्र–गुजरात संयुक्त राज्य समितिको मंगलबार भएको प्रथम सम्मेलनले अजयराज तिमिल्सेनाको अध्यक्षतामा ४५ सदस्यीय महाराष्ट्र–गुजरात राज्य समिति चयन गरेको छ ।
समिति गठन भएको ३२ वर्षपछि गुजरातको गोबिन्दजी हल सुरतमा भब्य घोषणा सभा गर्दै ऐतिहासिक रुपमा भएको राज्य समितिको सो प्रथम सम्मेलनले अध्यक्ष सहित ३ उपाध्यक्ष, १ सचिव, १ कोषाध्यक्ष, १ वरिष्ठ सहसचिव, २ सहसचिव र २ सहकोषाध्यक्ष गरी ११ सदस्यीय पदाधिकारीहरु चयन गरेको छ ।
जसअनुसार उपाध्यक्ष हरु नृप रावल, खड्क विश्वकर्मा, सोमराज बडाहित रहेका छन् भने सचिवमा रमेश परियार, कोषाध्यक्ष तेज रैकाल(ओखेडा), वरिष्ठ सहसचिव केशव तिमिल्सेना, सहसचिवहरुमा रतन बहादुर विक, विजय खत्री तथा सहकोषाध्यक्षमा लक्ष्मण धमाला र रुपबहादुर साउँद रहेका छन् ।
यसैगरी सम्मेलनले सचिवालय सदस्यहरुमा ४ जना सदस्यहरुबाट चयन गरेको छ जस्मा संतोष विक, भीम आउजी, कालुसिंह विक, भेषराज कुमाल रहेका छन् ।
यस्तै कार्यसमितिका अन्य सदस्यहरुमा अम्मर कठायत, मनिषा विक, कोकिला विक, भ्वान तिमिल्सेना, गोविन्द विक, दिपक साउद, हरि परियार, पुरन विक, टेक बहादुर विक, रतन धामी, नृप बहादुर साउद, गणेश खड्का, नवीन विक, जानकी शाही, भरत आउजी, कुलदिप विक, ज्योति खड्का, पुजा विष्ट, राहुल धमाला, दीपक ओड, भरत ओड, विकास ओड रहेका छन् ।
यसैगरी तीन सदस्यीइ सल्लाहकार समिति पनि चयन भएको छ जस्मा सल्लाहकार प्रमुखमा मदन खड्का सदस्यहरु नवराज विक र जयसरा तिमिल्सेना रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि प्रवासी नेपाली संघ भारतका केन्द्रीय अध्यक्ष लोकनाथ भण्डारीले देशको समसामयिक राजनीतिक अवस्था, प्रवासी नेपालीहरुले खेल्नु पर्ने भूमिका र संगठनले आगामी दिनमा गर्नुपर्ने कार्यका लागि मार्गदर्शन गरेका थिए । नेपालको रुतिहासिक परिवर्तनका लागि प्रवासी नेपालीहरुको २००७ र २०४६ र २०६२÷०६३ मा ठूलो योगदान रहेको कुरा उल्लेख गर्दै उनले जबसम्म नेपाली जनता सुखी र देश समृद्धि हँुदैन तबसम्म प्रवासीहरुले अभियान र संघर्ष नरोकिने ठोकुवा गरेका थिए ।
अन्य अतिथिहरुमा संघका केन्द्रीय सदस्य तथा महाराष्ट्र–गुजरात संयुक्त राज्य समितिका इन्चार्ज गिरिराज बेल्बासे, केन्द्रीय सचिवालय सदस्यद्वय टेक रावल ‘भिजन’ र माधव बेल्बासे, मुलप्रवाह अखिल भारत नेपाली एकता समाज क्षेत्रीय सचिव धुर्व न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम महाराष्ट्र–गुजरात संयुक्त राज्य समितिका संयोजकद्वय चक्र रावल र सुरेश बोहराको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत मन्तव्य अजय तिमिल्सेना र सञ्चालन कमल धामीले गरेका थिए ।
घोषणा सभामा अखिल भारत नेपाली एकता मंच गुजरात राज्य समितिबाट नवीन विक, भरत ओड, विकास ओड, दीपक ओड, नेपाली जनसमाज भारत पश्चिम भारत क्षेत्रीय समाज सदस्य भीम आउजी र भरत आउजी उक्त संगठन परित्याग प्रवासी नेपाली संघ भारतमा प्रवेश गरेका थिए । उनीहरुलाई प्रमुख अतिथि लोकनाथ भण्डारीले हार्दिक स्वागत गर्दै सदस्यता प्रदान गरेका थिए ।
कोविडका कारण आउन नसकेका नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा भारत प्रवास इन्चार्ज हरि घिमिरे, संघका केन्द्रीय उपाध्यक्ष डम्बर रावल र महासचिव टीका पौडेलले पत्र मार्फत सफलताको शुभकामना संदेश पठाएका थिए ।
कार्यक्रममा जनवादी गीत र नृत्य मार्फत मनोरञ्जन प्रदान गर्ने कलाकारहरुलाई पनि संगठनले सम्मान गरेको छ । सहिद दिवसको अवसर पारेर गरिएको यो कार्यक्रम ऐतिहासिक नै भएको नवनिर्वाचित अध्यक्ष अजय तिमिल्सेनाले बताए ।

