Loading

धनगढी,१६ पुष/लिटल फ्लावर बोर्डिङ्ग हाई स्कुल धनगढीले उक्त बिद्यालयमा कार्यरत शिक्षकहरुलाई सिकाई सहजिकरण सम्बन्धि २ दिने तालिम शुक्रवार सुरु गरेको छ ।

शिक्षा तालिम केन्द्र दिपायलका वरिष्ठ प्रशिक्षक भिम प्रसाद पनेरुले तालिमको सहजीकरण गरी रहनुभएको छ । ईमेज होटल प्रा.लि धनगढीमा संचालन भईरहेको तालिमको उद्धघाटन शत्रमा बोल्दै वरिष्ठ प्रशिक्षक पनेरुले अहिलेको शिक्षक प्रबिधि मैत्री तथा सिकाईमा अग्रसर हुनु पर्ने बताए ।

बिद्यालयका संस्थापक प्रिन्सीपल रामचन्द्र शाहीको सभापतित्व तथा वरिष्ठ प्रशिक्षक भिम प्रसाद पनेरुको प्रमुख आथित्यमा सम्मपन उद्धघाटन कार्यक्रममा प्यावसन केन्द्रिय सदस्य दीपक सुरी, ईमेज होटल प्रा.लि धनगढीका प्रबन्ध निर्देशक दिप रावतको बिशिष्ट अतिथिको रुपमा उपस्थिति रहेको थियो ।

तालिम संचालन गरेपछि हामी शिक्षकहरुलाई अबका दिनहरुमा हामी हाम्रा बिद्यार्थी भाईबहिनीहरुलाई अझ थप हौसलाका साथ हामी कक्षामा प्रस्तुत हुने लिटल फ्लावर बोर्डिङ्ग हाई स्कुलका शिक्षिका आरती मलासीले बताउनु भयो । तालिम शुक्रवार र शनिवार गरी दुई दिन संचालन हुने छ ।