![]()
काठमाडौं/पूर्वराजा ज्ञानेन्द्र शाहकी नातिनी कृतिका शाहले नेपाली नागरिकता लिएकी छन्।
आमा पूर्वयुवराज्ञी हिमानी शाहसँगै जिल्ला प्रशासनका कार्यालय काठमाडौ पुगेर उनले नेपाली नागरिकता लिएकी हुन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार हिमानी शाहको सनाखतमा उनलाई नागरिकता दिइएको हो।
नागरिकतामा उनको नाम ‘कृतिका राज्यलक्ष्मी देवी शाह’उल्लेख छ। कृतिकाले वंशजको नागरिकता प्राप्त गरेकी हुन्। प्रजिअ रिजालले उनलाई नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेका थिए। १८ वर्ष पुगेकी कृतिका पारस–हिमानीकी कान्छी छोरी हुन्। उनकी दिदी पूर्णिका र दाजु हृदयन्द्रले पनि जिप्रकामै पुगेर नागरिकता लिएका थिए।
२०६२/०६३ को जनआन्दोलनले राजाको अधिकार खोसेर लोकतन्त्र आएपछि राजपरिवारका सदस्यले जिप्रका पुगेर नेपाली नागरिकता लिन थालेका हुन्।
