Loading

सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशको प्रथम अधिवेशनबाट प्रदेश कमिटीको अध्यक्षमा विमला केसी निर्वाचित भएकी छिन् । २११ सदस्यीय प्रदेश समितिब वैठकले केसीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

चार दिनअघि शुरु भएको अधिवेशन विधान अनुसार प्रदेश सििमत चयन गर्दै सम्पन्न भएको थियो । बैठकले अन्य पदाधिकारीहरु चयन गर्ने ब्यवस्था अनुसार आज अध्यक्ष चयन गरेको हो । यसैगरी अन्य पदाधिकारीमा पनि सर्वसम्मति गर्ने प्रयास भइरहेको छ ।

अध्यक्षपछि अब एक महिला सहित तीन उपाध्यक्ष, एक सचिव, एक महिला सहित तीन सहसचिव र एक कोषाध्यक्ष रहेका छन् । नौ सदस्यीय पदाधिकारीमा धेरै आकांक्षी रहेका कारणले सर्वसम्मत गनेका लागि पदाधिकारी चयनमा समय लागेको बताइएको छ ।