Loading

काठमाडौं । संघीय संसदको दशौं हिउँदे अधिवेशन आजबाट काठमाण्डौमा सुुरु हुँदैछ । दशौँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकको सम्भावित कार्यसूची संसद सचिवालयले सोमबार सार्वजनिक गरेको थियो ।
संसद सचिवालयले मंगलबारको प्रतिनिधिसभा बैठकमा ६ वटा अध्यादेश पेस गर्ने कार्यसूची सार्वजनिक गरेको छ। संसद अधिवेशन नचलेको समयमा सरकारले ल्याएका अध्यादेश अधिवेशनको पहिलो बैठकमै पेस गर्नुपर्ने कानूनी व्यवस्थाअनुसार मंगलबार ६ वटा अध्यादेश पेस गरिने कार्यसूची बनाइएको हो ।

गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ पेस गर्ने कार्यसूची छ । दिउँसो २ बजे बस्ने बैठकमा सभामुख अग्नि सापकोटाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने छन् । त्यसपछि बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अवरोध गर्ने घोषणा गरिसकेको छ भने सत्तारुढ पार्टी नेपाली कांग्रेस महाधिवेशनमा छ । मंगलबारसम्म कांग्रेसको महाधिवेशन सम्पन्न हुने सम्भावना छैन ।