![]()
टीकापुर/ नेपाली कांग्रेस १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मत गणना जारी छ। पछिल्लो परिणाम अनुसार सभापतिका प्रत्यासी शेरबहादुर देउवाले मतान्तर बढाउँदै लगेका छन्। ३ हजार ७ सय ७९ मत गणना हुँदा सभापतिमा देउवाले अग्रता बढाउँदै लगेका हुन्।
हाल देउवाले १७९८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी शेखर कोइरालाले १४१३ मत ल्याएका छन्। त्यसैगरी प्रकाशमान सिंहको २८६, विमलेन्द्र निधिको २०१ तथा सभापतिका अर्का प्रत्यासी कल्याण गुरुङले १९ मत पाएका छन्।
काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना जारी छ। मतगणना सुरु भएको ३ घण्टाभित्र सभापति पदको परिणाम सार्वजनिक हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अधिकारीहरुले बताएका थिए।
सोमबार दिउँसोदेखि भएको मतदान राति करिब १२ बजे मात्रै सकिएको थियो। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा ४ हजार ६७९ मत खसेको छ।
कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ प्रतिनिधि चुनिएर आएकामा ४ हजार ६७९ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ।
