Loading

चितवन,२० मंसिर
नेकपा माओवादी केन्द्र निकट सञ्चारकर्मीहरुको संस्था प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय अधिवेशन विष्णु सापकोटालाई अध्यक्ष चयन गर्दै आइतबार चितवनको भरतपुरमा सम्पन्न भएको छ ।
सो महाधिवेशनले १९९ सदस्यीय केन्द्रीय समिति चयन गरेपनि पदाधिकारीका आकांक्षी धेरै भएपछि ३९ सदस्यीय बनाइएको छ । पदाधिकारीमा उम्मेदारीका लागि एकपटक केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित भइसकेको हुनुपर्ने कार्यविधि बनाइएको हुँदा सुदूरपश्चिमबाट तीनजनाभन्दा बढी हुन नसक्ने अवस्था रहेको छ ।
पदाधिकारीका लागि यतिबेला निर्वाचित केन्द्रीय सदस्य दुर्गाप्रसाद भण्डारी अग्रपंक्तिमा छन् । त्यसपछि दोस्रोमा प्रदेशका निवर्तमान अध्यक्ष रामसिंह ठगुन्ना रहेका छन् । यस्तै टंक कुँवर पनि पदाधिकारीका लागि तेस्रो स्थानमा रहेका छन् । भण्डारी पहिलेदेखि नै उपाध्यक्षमा लड्नै बताउँदै आएका हुन्भने ठगुन्ना पहिले महासचिव र पछिल्लोपटक उपाध्यक्ष नै दाबि गरिरहेका छन् ।
एउटै समूह मात्र रहेको प्रेस सेन्टरमा दुबैजना पदाधिकारी रहने करिब निश्चित जस्तै रहेको छ । यसअघि नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य उम्मेदारमा भण्डारी निश्चित भएपनि ठगुन्नाले म लड्छु भनेपछि भण्डारीले आपूm संगठनको आगामी उपाध्यक्ष हुने शर्तमा ठगुन्नालाई उम्मेदार बनाएका थिए । तर उनलाई जुनियर भएको भन्दै गठबन्धनमा रहेका संगठनहरुमा प्रेस यूनियनले भरत शाह र प्रेस चौतारी माधव समूहले उत्तर विष्टलाई उम्मेदार बनाएको थियो ।
क्ेन्द्रीय सदस्यको उम्मेदारबाट पछि हटेका ठगुन्नालाई फेरि नेपाल पत्रकार महासंघको प्रदेश महासचिवमा भण्डारीले नै अघि सारेका थिए । उनका विरुद्ध संगठनभित्रैबाट मुकेश टेर्रा र गणेश भट्टले र गठबन्धनबाट नवराज भण्डारीले बागी उम्मेदारी हालेका थिए । गठबन्धनको एक र साझा उम्मेदार बनाउन भण्डारीले केन्द्रदेखि प्रदेश र जिल्ला तहसम्म निकै प्रयास गरेपछि बागी बनेका उम्मेदारहरुले उम्मेदारी फिर्ता लिएका थिए ।
आपूmले पाएको कुनैपनि पद नलिई संगठन र गठबन्धनका उम्मेदारहरु जिताउन लागि परेका भण्डारी स्वच्छ छवि भएका आर्थिक पारदर्शिता र प्रष्ट विचार भएका मान्छिन् । प्रेस सेन्टर मात्र नभई अन्य संगठनका नेतृत्वहरुले पनि पत्याउने र विश्वास गर्ने छवि बनाएका भण्डारी पत्रकारितामा २०५५ सालदेखि क्रियाशिल रहँदै आएका छन् । त्यस्तै कम्युनिष्ट पार्टीका २०४८ सालदेखि नै संगठित सदस्य रहेका भण्डारी उमेर, पत्रकारिता, प्रभावकारिता र इमान्दारिताका अब्बल मानिन्छन् ।
यिनै विभिन्न कारणले गर्दा उनी कुशल संगठक भनेर अन्य संगठनकाले पनि चिन्ने गरेका छन् । त्यसैले पनि कप्रेस सेन्टर नेपालको केन्द्रीय सििमतलाई पदाधिकारीमा भण्डारीलाई चयन गर्न कुनै गाह्रो नहुने बताइउको छ ।
२०६२ सालमै प्रेस चौतारीको सेती अञ्चल अध्यक्ष भइसकेका भण्डारी एमाले तथा प्रेस चौतारीमा बिद्रोह गरेर २०६८ सालमा औपचारिक रुपमै माओवादी पार्टीमा आएका हुन् । उनी नेकपा क्रान्तिकारी माओवादीका जिल्ल सचिवालय सदस्य, हुँदै नेकपा माओवादी केन्द्रका केन्द्रीय आयोजक समिति सदस्य समेत रहिसकेकाले ठगुन्नाभन्दा हरेक कुराले सिनियर मानिन्छन् ।
पूर्व एमालेका कारण उनलाई बनाइएन भने नेकपा माओवादी र प्रेस संगठन नेपालमा अन्य संगठन बिद्रोह गरेर कोही नआउने बताइन्छ । सयौं नेता तथा कार्यकर्ताहरु माओवादीले सही सम्बोधन गर्न नसकेपछि कोही फिर्ता, कोही, नयाँ पार्टी र कोही निश्क्रिय भएर बसेका बताइन्छ ।
कुनै पदमा पनि नभई संगठनलाई महासंघको निर्वाचनमा प्रदेशमा शतप्रतिशत र जिल्लहरुमा अधिकांश स्थानमा जिताउन सफल भएका भण्डारी काम गर्ने सबैलाई मौका दिनुपर्ने काम गर्न नसकेमा पदबाट हटाएर अर्को गर्नसक्ने ब्यक्तिलाई जिम्मेवारी दिनपर्ने मान्यता राख्दछन् ।
सुदूरपश्चिम प्रदेशबाट भण्डारी र ठगुन्ना सँगै टंक कुँवर, निमेन्द्र शाही, राजेन्द्र अवस्थी, मुकेश टेर्रा, हरिश बि क., मदनराज जोशी, दीपेन्द्र भण्डारी, केशवराज जोशी(काठमाण्डौ), जंगबहादुर केसी, देवराज साउँद, गोकुल निरौला रहेका छन् ।
केन्द्रीय सदस्य निर्वाचित भएका १३ जनामा भण्डारी, ठगुन्ना र कुँवर मात्र पदाधिकारी बन्ने मापदण्ड पुरा गर्नेमा पर्दछन् ।

तर भण्डारीलाई उपाध्यक्ष, ठगुन्नालाई उपमहासचिव, कुँवरलाई सचिव र भवानी ऐरलाई समावेशी सचिव बनाउँदा संगठन चुस्त दुरुस्त हुने बताइन्छ । पदाधिकारीका लागि तोकिएको मापदण्ड अनुसार ६ वर्षअघि कार्की बैंकट्स काठमाण्डौमा भएको केन्दीय महाधिवेशनका केन्द्रीय सदस्यमा निर्वाचित भएको र चौथो राष्टिय महाधिवेशनबाट पनि केन्द्रीय सदस्यमा निर्वाचित भएको हुनुपर्ने बताइएको छ ।