![]()
धनगढी, ३ मंसिर/ नेकपा माओवादी केन्द्र निकट सञ्चारकर्मीहरुको संस्था प्रेस सेन्टर नेपालको कैलाली जिल्ला ै जिल्ला अधिवेशन शुक्रबार धनगढीमा सम्पन्न भएको छ ।
कैलाली जिल्ला समन्वय समितिको पाँचौं अधिवेशनको रुपमा आयोजित कार्यक्रमको बन्द सत्रले तेजराज भट्टको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समन्वय समिति निर्विरोध निर्वाचित गरेको छ । समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा खुलातर्फ झलनाथ खनाल, महिला उपाध्यक्ष निर्मला खडायत, सचिव मंगल्र बास्कोट रहेका छन् ।
यसैगरी खुला सहसचिवतर्फ जर्नादन उपाध्याय, समावेशी सहसचिवमा टी. आर. कठरिया र कोषध्यक्षमा राम दहित रहेका छन् । सदस्याहरुमा दुर्जन चौधरी, प्रवीण चौधरी, मोतिराम चौधरी, बबिता भट्ट, वर्षा सुनार, भक्त बहादुर बि.क, खेमप्रसाद पाण्डे र दीपक टमट्टा रहेका छन् ।
अधिवेशनले प्रदेश प्रतिनिधिका लागि धनश्याम पौडेल, पदम बोहरा, सुरेन्द्र ताम्रकार, बलराम भगोरिया, धनराज बि.क.र कमला चौधरीलाई चयन गरेको छ ।
बन्द सत्रले टंक कुँवर संयोजक र मुकेश चौधरी तथा दैपेन्द्र भण्डारी रहेको तीन सदस्यीय अध्यक्ष मण्डल चयन गरेको थियो । बन्द सत्रमा प्रेस सेन्टर नेपालका केन्द्रीय नेता दुर्गाप्रसाद भण्डारीले जिल्ला समन्वय सििमत र प्रदेश प्रतिनिधिहरुको प्यानल प्रस्तुत गरेका थिए ।
प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपाल वीच एकता भई बनेको प्रेस संगठन नेपालको जिल्ला तथा प्रदेश एकता अधिवेशन नहुँदै अलग अलग भएपछि पहिलो अधिवेशनका रुपमा भएकोले पनि जिल्ला समन्वय समिति निर्विरोध निर्वाचित भएको हो । समितिलिे केही सदस्य पछि कार्यसमितिको बैठकले चयन गर्ने जनाएको छ ।
यसअघि उद्घाटन सत्रलाई पेस संगठनका प्रदेश इन्चार्ज रामसिंह ठगुन्ना,नेकपा माओवादीका जिल्ला संयोजक लालबहादुर सोडारी, प्रेस संगठन नेपालका केन्द्रीय नेता दुर्गाप्रसाद भण्डारी लगायतले सम्वोधन गर्दै शुभकामना ब्यक्त गरेका थिए ।
हरिश बि.कको अध्यक्षतामा भएको उक्त सत्रमा जिल्ला उपाध्यक्ष घनश्याम पौडेलले स्वागत मन्तय गरेका थिएभने तेजराज भट्टले संचालन गरेका थिए । संगठनको गतिविधि शुन्य रहेकाले सांगठनिक र आर्थिक प्रतिवेन प्रस्तुत भएको थिएन ।
