![]()
महोत्तरी, ७ कात्तिक । महोत्तरीको वडाध्यक्षमा पुनः भएको मतगणनामा रमेश राय बिजयी भएका छन् ।
महोत्तरीको मनराशिसवा नगरपालिका वडा नंं १० को वडाध्यक्ष पदमा २०७४ असोज २ गते भएको निर्वाचनको मत गणना अनुसार पराजीत स्वतन्त्र उम्मेदवार रमेश राय सर्वोच्च अदालतको आदेश अनुसार पुनः बिजयी घोषणा भएका छन् ।
उनी दुई मत अन्तरले विजयी भएका हुन् ।
२०७४ सालमा भएको स्थानिय निर्वाचनमा नेपाली काँग्रेसका अरुणकुमार चौधरीसंग प्रतिस्पर्धा गर्दै स्वतन्त्र उम्मेदवारमा राय चुनाब लडेका थिए । रायले चौधरीको बराबर मत २०६७ –२०६७ आएपछि गोलाप्रथा द्वारा काँग्रेका उम्मेदवार चौधरी बिजय बनेका थिए । त्यसपछि धाधली भएको भन्दै पराजीत राय अदालत पुगेका थिए ।
उच्च अदालतले ०७५ असार २१ गते १५ दिनभित्र पुनः मतगणना गर्न आदेश दिएपछि फैसला विरुद्ध वडाध्यक्ष चौधरी सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले मुद्दाको सुनुवाइ गर्दै ०७७ चैत ६ गते उच्च अदालत जनकपुरको आदेशलाई सदर गरेको थियो ।
त्यसपछि मतगणनाको मिति निर्धारण गर्नुपर्नेमा कोरोना महामारीका कारण लकडाउन भएपछि मिति तोक्न सकिएको थिएन । अन्ततः दोहो¥याएर मतगणना गर्न आजका लागि समय निर्धारण गरिएको थियो ।
