![]()
आसरा सुधार केन्द्र रानीबारीको २५औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
काठमाडौं/ प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा आसरा सुधार केन्द्र रानीबारीको २५औं वार्षिकोत्सव तथा रजतजयन्ती कार्यक्रम केन्द्रको कार्यालय रानीबारीमा शुक्रबार आयोजित एक समारोहबीच सम्पन्न भएको छ ।
सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्री एवम् केन्द्रकी अध्यक्ष श्रीमती सिर्जना थापाले केन्द्रलाई महत्वपूर्ण योगदान पुर्याउनुहुने केन्द्रकी पूर्व अध्यक्ष श्रीमती सीमा अर्याल, पूर्व प्रहरी नायव महानिरीक्षक विमला थापा र केन्द्रकी पूर्व सचिव श्रीमती रम्भा लामालाई सम्मानपत्र प्रदान गर्नुभयो ।
प्रहरी महानिरीक्षक थापा क्षेत्रीले कार्यकारिणी समितिका पदाधिकारीलाई सम्मानपत्र, केन्द्रको वार्षिक गतिविधिमा सहयोग गर्ने नेपाल प्रहरी अस्पताल, प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग केनाईन महाशाखा महाराजगंज, महानगरीय सशस्त्र प्रहरी गण महाराजगंज र चिकित्सक तथा चिकित्सा मनोविद समेतलाई प्रशंसापत्र एवम् केन्द्रको सुरक्षा एवं व्यवस्थापन कार्यमा योगदान पुर्याउने प्रहरी कर्मचारीहरु तथा उत्कृष्ट परामर्शदातालाई कदरपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभयो । सो अवसरमा उहाँले उक्त केन्द्रको वार्षिक प्रकाशन ‘आसरा दर्पण’ को विमोचन समेत गर्नुभयो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले लागूऔषध सेवनकर्ताको उपचार र पुनर्स्थापनाको जिम्मेवारी नेपाल प्रहरीको कार्यक्षेत्र भन्दा फरक रहेको चर्चा गर्दै नेपाल प्रहरी श्रीमती संघद्वारा संचालित यस केन्द्रले स्थापनाकाल देखिनै निर्वाह गरेको भूमिका सामाजिक सुधार र सामाजिक सेवाको दृष्टिबाट महत्वपूर्ण पहिचान बनाएको बताउनुभयो । साथै लागूऔषध दुर्व्यसनीमा फसेका मानिसहरूलाई नयाँ जीवन दिन केन्द्र सफल रहेको उहाँले उल्लेख गर्नुभयो ।
लागूऔषध समस्या विश्वकै साझा समस्याको रूपमा देखा परेकोले यसको दुर्व्यसन, उत्पादन, खरीद बिक्री, सञ्चय, ओसारपसार र उपभोगको वृद्धि एक साझा चुनौतीको विषय भएको बताउँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले कुलतमा फसेका युवा शक्तिलाई राष्ट्र निर्माणको बाटोमा ल्याउनु सबैको सामाजिक दायित्व रहेको बताउनुभयो ।
कार्यक्रममा केन्द्रकी अध्यक्ष श्रीमती सिर्जना थापाले लागूऔषध दुर्व्यसनीको विकराल समस्यालाई मध्यनजर गर्दै यस केन्द्रले प्रयोगकर्ताहरूलाई उपचार, परामर्श सेवा एवं पुनर्स्थापना कार्यमा दत्तचित्त भई लागि परेको उल्लेख गर्नुभयो । कुलतमा फसेका युवावर्गलाई कुलतबाट मुक्ति दिलाउन केन्द्र क्रियाशील रहेको बताउँदै अध्यक्ष थापाले लागूऔषध विरुद्ध जनचेतनामूलक कार्यक्रम, योगा अभ्यास जस्ता कार्यहरूलाई व्यापक रुपमा संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा काठमाडौं महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष दिपक केसीले मन्तव्य व्यक्त गर्दै केन्द्रलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
केन्द्रकी सचिव श्रीमती रिता श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो समारोहमा केन्द्रका क्याम्प कमाण्डेण्ट प्रहरी निरीक्षक रविन्द्र थापाले कविता वाचन गर्नुभएको थियो ।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, केन्द्रका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु समेतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको दोस्रो सत्रमा केन्द्रकी अध्यक्ष श्रीमती सिर्जना थापाले सोही केन्द्रमा उपचाररत सदस्यहरुलाई शारीरिक व्यायम तथा प्रशिक्षण प्रदान गर्नको लागि बनाइएको व्यायमशाला कक्षको उदघाटन गर्नुभयो । उक्त अवसरमा उहाँले केन्द्रका परामर्शदाता तथा बाह्य प्रशिक्षक, आसरा सुधार केन्द्र पानवारी धरान र महिला आसरा सुधार केन्द्र तिलगंगालाई प्रशंसापत्र प्रदान गर्नुभयो । साथै उहाँले नेपाल पुलिस स्कुल सामाखुशीमा अध्ययनरत २ जनालाई १ वर्षको मासिक छात्रवृत्ति समेत प्रदान गर्नुभयो ।
उक्त अवसरमा केन्द्रकी उपाध्यक्ष श्रीमती वविता पालले महिला आसरा सुधार केन्द्र तिलगंगामा कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रशंसापत्र र नगद पुरस्कार वितरण गर्नुभएको थियो भने केन्द्रकी सचिव श्रीमती रिता श्रेष्ठले आन्तरिक खेलकुद प्रतियोगिताका विजेता खेलाडीलाई पुरस्कार प्रदान गर्नुभएको थियो । उक्त अवसरमा केन्द्रमा उपचाररत सदस्यहरुले साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।
संरक्षित वन्यजन्तु सालकको खपेटा सहित २ जना पक्राउ
रामेछाप/ मन्थली नगरपालिका(१ भैंसेश्वर चोकबाट अन्दाजी २५ केजी तौल भएको संरक्षित वन्यजन्तु सालकको जस्तो देखिने खपेटा सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा लिखुतामाकोशी गाउँपालिका(३ बस्ने ३८ वर्षीय सोनाम तामाङ र सोही ठाउँ बस्ने ३२ वर्षीय ध्यान बहादुर तामाङ रहेका छन् ।
उक्त स्थानमा २ जना व्यक्तिहरुले बोरामा शंकास्पद चिजवस्तुहरु बोकी हिंडीरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रामेछाप र प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई तलासी गर्दा बोराभित्र उक्त तौलको खपेटा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
भरुवा बन्दुक सहित १ जना पक्राउ
मोरङ/ मिक्लाजुङ गाउँपालिका(५ बस्ने ४३ वर्षीय जगत बहादुर लिम्बुलाई २ नाल भरुवा बन्दुक सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा भरुवा बन्दुक रहेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी टाडि र ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले घर तलासी गर्दा लुकाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी लिम्बुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
हत्या गरेको अभियोगमा पक्राउ
दाङ/आफ्नै श्रीमान ५० वर्षीय छबी नारायण चौधरीको हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका(९ मछै बस्ने ५८ वर्षीया मनसरा घर्तीलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
छबी नारायण चौधरी आफ्नै घरमा मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा सम्पत्तीको बिषयमा बिवाद हुँदा मनसराले हातले घाँटी थिचेर हत्या गरेको खुल्न आएपछि मनसरालाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
दाङ/ १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तुल्सीपुर उपमहानगरपालिका(११ बस्ने कैलाली घर भएका २२ वर्षीय साहु भन्ने विष्णु सुनारलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
सुनार र सोही उपमहानगरपालिका(११ बस्ने २४ वर्षीय उमेश विकले ती बालिकालाई सोही ठाउँस।थित एक कटेजको कोठामा लगि पालैपालो सामूहिक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीले सुनारलाई पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत दाङबाट ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान गर्नुका साथै हाल फरार उमेशको प्रहरीले खोजी गरिरहेको छ ।
यार्सागुम्बा लुटपाटमा संलग्न ४ जना पक्राउ
काठमाडौं / बुढानिलकण्ठ नगरपालिका(१३ चुनिखेल गाम्चाबाट काठमाडौं महानगरपालिका(३२ कोटेश्वर बस्ने जुम्ला सिजा गाउँपालिका(६ घर भएका ४६ वर्षीय हरि रावतको साथबाट अन्दाजी ३ किलोग्राम यार्सागुम्बा लुटपाटमा संलग्न रहेको अभियोगमा ४ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं कीर्तिपुर नगरपालिका(३ चौकीटोल बस्ने मकवानपुर सिमपानी नगरपालिका(८ घर भएका ३० वर्षीय नवराज सुनुवार र सोही ठाउँ बस्ने २७ वर्षीय बुद्ध राज सुनुवार, काठमाडौं बुढानिलकण्ठ नगरपालिका(१३ चुनिखेल बस्ने नुवाकोट काउले घर भएका ४६ वर्षीय कृष्णा सुनार र उनकै श्रीमती ४४ वर्षीया पर्वती सुनार रहेका छन् ।
हरि रावतको साथबाट यार्सागुम्बा लुटपाट भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी गर्ने क्रममा लुटपाटमा संलग्नमध्ये नवराज र बुद्धराजको कोठाबाट १ किलोग्राम यार्सागुम्बा फेला पारेको हो ।
थप अनुसन्धानको क्रममा लुटपाटमा संलग्न कृष्णा र पर्वतीलाई समेत प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु
काठमाडौं/ मोरङ, बुढीगंगा गाउँपालिका(३ पाईनियर फ्याक्ट्री अगाडि सडकमा बा.११ च १५७१ नम्बरको कार आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा कारमा सवार सोही ठाउँ बस्ने ३० वर्षीया चन्द्रकला राईको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको बिराट मेडिकल कलेज गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको हो । साथै घाइते भएका कारमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी मोरङ, विराटगर महानगरपालिका(१२ स्थित भित्री सडकमा को।२१ प ५६१२ नम्बरको स्कुटर आफै अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक सोही महानगरपालिका(१ बस्ने ४२ वर्षीय रंजित कुमार शर्माको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
झापा, मेचिनगर नगरपालिका(१२ कालिझोडास्थित सडकमा को।२० प ४ नम्बरको मोटरसाइकल मे।१ त ७०६३ नम्बरको ट्याक्टरमा ठक्कर खाई बिहीबार राति दुर्घटना मोटरसाइकलमा सवार सोही नगरपालिका(१३ बस्ने ३० वर्षीय युवराज लिम्बुको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालक कन्काई नगरपालिका(६ दुर्गापुर बस्ने ३५ वर्षीय दिलिप कुमार कार्कीको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी झापा, बुद्धशान्ति गाउँपालिका(३ सात नम्बर चोकस्थित सडकमा मे.१० प ६०७ नम्बरको स्कुटर र प्र.१-०१-००१ ज ३५५५ नम्बरको पिकअप एक आपसमा ठक्कर खाई बिहीबार राति दुर्घटना हुँदा स्कुटर चालक मेचीनगर नगरपालिका(१३ बस्ने ३२ वर्षीय पशुराम लिम्बुको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार मेचीनगर नगरपालिका-१३ बस्ने ३० वर्षीया मनिषा लिम्बुको सोही अस्पतालमा उपचार भइरहेको छ । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तनहुँ/ ब्यास नगरपालिका-१२ मुसेखोला पुल नजिक सडकमा ना.७ ख ९२३७ नम्बरको ट्रक आफै अनियन्त्रित भई सडक देखि अन्दाजी १० मिटर तल पल्टिएर गएराति दुर्घटना हुँदा ट्रक चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी २८ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।
साथै दुर्घटनामा घाइते भएका ट्रकमा सवार नवलपरासी कावासोती बस्ने १४ वर्षीय राजकुमार बिकलाई उपचारको लागि रत्नहरी अस्पताल दमौली पठाइएको छ ।
कैलाली/ धनगढी उपमहानगरपालिका-३ चटकपुरस्थित सडकमा से.४ प ८७३ नम्बरको मोटरसाइकल रोकी राखेको ना.४ ख ३४२५ नम्बरको ट्रकमा ठोकिएर बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक गोदावरी नगरपालिका-२ बस्ने ३० वर्षीय टेक बहादुर बोहराको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशीक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा सवार गोदावरी नगरपालिका-२ बस्ने ३० वर्षीय राम बहादुर पालको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी(पश्चिम)/ सुनवल नगरपालिका-७ ज्यामिरेस्थित सडकमा लु।३७ प ६९५० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सुनवल नगरपालिका-४ रमवापुर बस्ने २७ वर्षीय बिष्णु चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
डुबेर मृत्यु
रौतहट/देवाही गोनाही नगरपालिका-७ स्थित निर्माणाधिन पोखरीमा घुगि टिप्ने क्रममा डुबेर कटहरिया नगरपालिका-६ बस्ने रामकलेश महतोको छोरी १० वर्षीया निसु कुश्वाहा र वृन्दाबन नगरपालिका-२ बस्ने जंग बहादुर पटेलको छोरी १४ वर्षीया मुस्कान कुमारीको बिहीबार दिउँसो मृत्यु भएको छ ।
भोजपुर/ आमचोक गाउँपालिका-१ र २ को सिमानास्थित छेका खोलामा पौडी खेल्ने क्रममा डुबेर आमचोक गाउँपालिका-१ खाम्ताङ बस्ने डिकमान परियारको छोरी १४ वर्षीया तारा परियारको बिहीबार दिउँसो मृत्यु भएको छ ।
पौडी खेल्ने क्रममा तारा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुर, प्रहरी चौकी वासिङथर्पु र ईलाका प्रहरी कार्यालय घोडेटारबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
काठमाडौं / कीर्तिपुर नगरपालिका(४ सल्यानथानस्थित खोलामा हाल नामथर वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
विभिन्न धनमाल चोरी
काठमाडौं / ललितपुर, ललितपुर महानगरपालिका-१७ बाफल डेरा गरी बस्ने मकवानपुर हेटौंडा घर भएकी ४० वर्षीया लक्ष्मी लामिछानेको कोठाबाट करिब ४ लाख ७५ हजार मूल्य बराबरको सुनका विभिन्न गरगहना बिहीबार दिउँसो चोरी भएको छ ।
भक्तपुर/ सूर्यविनायक नगरपालिका-६ सूर्यविनायक थापा पाटी प्यालेस नजिक बस्ने मनिष सिल्पकारको कोठाबाट नगद ९० हजार रुपैयाँ समेत गरी करिब ३ लाख १२ हजार मूल्य बराबरको विभिन्न धनमाल शुक्रबार बिहान चोरी भएको छ ।
सुनसरी/ ईटहरी उपमहानगरपालिका-४ बस्ने मन कुमार लिम्बु घरबाट नगद २ लाख ६० हजार रुपैयाँ र १० तोला सुन बिहीबार चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
