![]()
एतद्देशप्रसूूतस्य सकाशादग्रजन्मनः
स्वं स्वं चरित्रं शिक्षेरन् पृथिव्यां सर्वमानवाः ।।
यो देश (प्राचीन भारतवर्ष) मा उत्पन्न भएका ब्राहृमणबाट सम्पूूर्ण भूूमण्डलका मानव आआफ्नो आचरणको शिक्षा ग्रहण गरून् । यो हाम्रो प्राच्य संस्कृतिको इतिहास हो । यो इतिहास आजको होइन । पश्चिमा परम्पराको संस्कृति अविकसित र अन्यमनस्कको अवस्थामा थियो । यो समयमा पूर्वसम्पन्न संस्कृतिलाई बहन गरिरहेको थियो । प्राच्य संस्कृतिका जरा र हाँगाहरू टाढा टाढासम्म फैलिएका थिए ।
पूूर्वको संस्कृतिका मान्यताहरू जीवन यापनदेखि जीवनलाई चिनाउने र चिन्नेमा बिते । पश्चिमा परम्परा र तिनले निर्वाह गरेको बाटोलाई हाम्रो प्राच्य मान्यताले कहिले पनि जीवनको गोरेटो बनाएन । आफ्नो परम्परा र सभ्यतामा आफूूलाई सदैव तरोताजा राख्यो । हाम्रो परम्पराको पहिचान संस्कृतिको संरक्षण, आदरभाव, एकीकृत परिवारमा सम्मानपूूर्वक जीवन यापन बनेको थियो ।
आध्यात्मिकता नै आधार :
हाम्रो संस्कृति र परम्पराको मूल आधार आध्यात्मिक चेतना बन्यो । पश्चिमले जति विकास र उन्नति गरेको भए पनि उनीहरूको सांस्कृतिक परिवेश कमजोर थियो । हामीसित द्रष्टा ऋषिहरूका वाणी, उनीहरूबाट आर्जित सम्पत्ति, उनीहरूले शिष्य, प्रशिष्यमा प्रवाह गरेको ज्ञान, जीवनलाई बुुझाउन प्रयोग भएको आध्यात्मिक शोच, व्यवहार कुशलता, मानवीय चेतना र त्यसले व्यक्त गर्ने सन्दर्भको पहिचान थियो ।
आज पश्चिम मावनहित र कल्याणका लागि सदा सक्रिय छ । उसले मानिसका लागि सदा नवीन सृष्टि सिर्जना गरेको छ । जीवन यापनलाई सजिलो बनाएको छ । त्यसले व्यक्त गर्ने भावलाई सदैव जीवन्त बनाएको छ । मानिसको हितका लागि सक्रिय बनेको छ । वैज्ञानिक सम्पन्नतालाई जीवन्त बनाउन र मानवलाई विकासको उन्नतिबाट बलियो बनाउन सक्रिय रहेको छ । वैज्ञानिक सम्पन्नताबाट सबै वस्तुु र सुुख, शान्ति प्राप्त गर्न सकिन्छ भन्ने दृष्टिमा पश्चिमा परम्परा सक्रिय छ आज पनि ।
पश्चिमा संस्कृतिमा भिजेका र रमेका मानिस सबै एक्लै बाँच्न चाहन्छन् । एकल भोगलाई प्राथमिकतामा राख्छन् । एक्लो जीवनलाई सर्वोपरि ठान्छन् । आफ्नो व्यक्तिगत चाहना, मान्यता, जीवनयापनलाई प्राथमिकतमा राखेर अघि बढेका छन् । यो नै पश्चिमा परम्पराको जीवनको महत्तम उपलब्धि मानियो । विज्ञानले मानिसलाई सर्वसम्पन्न बनायो । हातहतियारले पूूर्ण बनायो । औद्योगिक चमत्कारले मानिसलाई यान्त्रिक बनायो । एकल परिवेश र अपसंस्कृतिमा रम्ने बनायो । उनीहरूलाई समूहको पहिचान गर्न सिकाएन । सगोलमा बाँच्ने आकांक्षा तथा एक अर्काका लागि समर्पित हुुन बताएन । यही थियो पश्चिमा परम्पराको जीवन भाव । यो भावले उनीहरूको भौतिक विकास त भयो तर आध्यात्मिक, सांस्कारिक र सांस्कृतिक पहिचान आएन ।
हाम्रो संस्कृतिले हामीलाई मानिसको हितमात्र नभएर सर्वजन हिताय र सर्वजन सुखायः सबैको हित र सबैको सुुखका लागि बाँच्न सिकायो । यसका साथै सर्वभूतहितेरताः भनेर हाम्रो संस्कृतिको गतिलो तरिकाले व्यवस्थित परिचय दियो । पश्चिमा परम्परा र पूूर्वको परम्परामा यही भिन्नता थियो । हामी एक्लै नभएर सबैको हित चिताउने परम्पराका बन्यौँ । पश्चिम त्यो कुरालाई अवज्ञा गर्दै गयो । हामीसित ऋषि परम्पराको विराट भावना थियो । मानिसका लागि नभएर सबैका लागि कल्याणको कामना थियो । हाम्रो संस्कृति एक्लो बाँच्ने र एकलकाँटे जीवन नभएर सामूहिक जीवनको पक्षमा उभिएको थियो । मानिसका लागि, एक अर्काको हितका लागि र सबैको सामूूहिक उन्नतिको लागि सदा क्रियाशील रहेको थियो । हामीमात्र होइन
सर्वे भवन्तुु सुुखिनः सर्वे सन्तुु निरामयाः
सर्वे भद्राणि पश्यन्तुु मा कश्चित् दुुःखभाग्भवेत ।
सबै सुुखी रहूून्, सबैको कल्याण होस्, सबै निरोगी बनून्, दुुःखको पीडा कसैले बेहोर्न नपरोस् यही कामना थियो हाम्रो संस्कृतिको । पूूर्वको आध्यात्मिक चेतनाले बसुुधैव कुुटुुम्बकम् पृथ्वीका सबै प्राणी मेरा आफ्ना आफन्त हुुन् भन्ने भावलाई सदैव जीवन मान्यो । यही आध्यात्मिक चेतनाको बलियो डोरीमा हाम्रो संस्कृति बाँधिएको छ ।
हामीले जीवनको मूल्य अध्यात्ममा खोज्यौँ । जीवनको सार समूूहमा खोज्यौँ । जीवन बाँच्ने कला ऋषि सभ्यता र आर्ष परम्परामा खोज्यौँ । त्यसैले जीवन महŒवलाई आजको चेतनामा राखेर हे¥यौँ । एकलकाँटे जीवन बाँच्न जानेनौँ । मानिसका लागि मात्र नभएर हाम्रो जीवन सदा प्राणीहरूका लागि बन्यो । अर्काको कल्याण र अर्काको उपकारलाई जीवनको महान् लक्ष्य बनायौँ । परोकार पुुण्याय पापाया परपीडनम् । परोपकार पुुण्य हो अरूलाई दुुःख दिनुु पाप हो । यही भनाइ र गराइमा पूर्वका संस्कृति जीवन्त बन्यो । यही जीवन्तता आध्यात्मिक चिन्तन हो । त्यसैले पूूर्वको संस्कृतिको विकास, उन्नति र मानव जीवनको मूूल आधार भनेको आध्यात्मिकता हो ।
वैज्ञानिक सम्पन्नता :
मानिस संसारको श्रेष्ठ प्राणी हो । उसका हरेक क्रियाकलाप जीवन मूूल्यको खोजमा गतिशील हुुनुु आवश्यक मानिएको छ । मानिसका सबै भाव र त्यसले चिनाउने आधार आज विज्ञान बनेको छ । वैज्ञानिक सम्पन्नताका कारण आजको जीवन जटिल नभई सरल छ, साँघुुरो नभई विशाल छ, चेतनाले नभई विज्ञानले चलेको छ । आजको जीवनमा शान्ति र मर्यादाको भावना कमजोर छ । विज्ञानले सर्व सम्पन्न बनाएको छ । मानिस भागदौडमा हिँडिरहेको छ । सम्पन्नताको शिखरमा पुुगेको छ ।
विज्ञानले जीवनलाई हरेक कुराबाट सहज बनाएको छ । महान् बनाएको छ । हातहतियारले सुुसज्जित बनाएको छ । सम्पनताको भागदौडमा विभिन्न राष्ट्रहरू क्रियाशील छन् । पृथ्वीलाई मात्र नभई आकाशमा समेत आफ्नो अस्तित्व खोजिरहेका छन् तर वैज्ञानिक सम्पन्नताको परिवेश र हातहतियारको होडबाजीले आजको मानिस सदैव असहिष्णुु बन्यो । जीवनको खोजमा कमजोर भयो । सबल भयो प्रकृतिको दोहनमा । सफल भयो चन्द्रमामा पाऊ पर्सान । वैज्ञानिक सम्पन्नताले सबै कुरालाई यन्त्रका माध्यमबाट प्राप्त गर्ने अभिलाषामा सदा क्रियाशील बन्यो । यही सम्पन्नता र हतियारको होडबाजीले आजको विश्व अशान्त बनेको छ । मानवीय चेतना कमजोर बनाएको छ । एउटा राष्ट्र अर्को राष्ट्रप्रति असहिष्णुु बनेको छ ।
हातहतियारको होड्बाजी, अन्य मुुलुुकलाई उछिन्ने डाह, मानिसमा बढ्दै गएको असहिष्णुुपनले आजको समाज र आजको विज्ञान गतिशील रहेको छ । यही परम्परामा जीवन्त बनेर विज्ञानले मानिसको भावलाई गतिशील बनाएको छ । संसारका सबै सम्पन्न मुुलुुक आफ्नो दुुनो सोझ्याउने नाममा लागिपरेका छन् । यो विज्ञानको सम्पन्नताले ज्ञानलाई कमजोर बनाएको छ । आजको वैज्ञानिक सम्पन्नता सन्दर्भमा नेपाली साहित्यका नाट्यसम्राट बालकृष्ण समले ज्ञान हाँसेर मर्दछ विज्ञान रोइ मर्दछ । ज्ञान विज्ञानले हात जोड्नु पर्दछ कर्ममा भनेर उल्लेख गरेका छन् । विज्ञानको सम्पन्नताले दिएको यो चमत्कार पक्कै पनि मानिसका लागि योग्य छ । यही हो विज्ञानको उन्नति ।
आजको समाज गतिशील छ । आजको विश्व उन्नतशील छ । आजको संसार सम्पन्नशाली छ । त्यो सम्पन्नतामा अभाव ज्ञान, ध्यान र कर्मको रहेको छ । छान्दग्योपनिषदमा आहार शुुुद्धौ सत्त्वशुुद्धिः आहारको शुुद्धतामा अन्तःकरण र मानव हृदयको शुुद्धता बाहिर आउँछ । शुुद्ध आहार आफ्नो मिहिनेत, परिश्रम र पसिनाबाट आएको आर्जन बुुझ्दा उपयोगी हुुन्छ । आज हामी कहाँ छौँ । आज हजारपति लखपति, लखपति करोडपति, करोडपति अरबपति हुने दौडमा भौँतरिएको छ । त्यसका लागि मानिस अपराधी बन्दैगएको छ ।
समाज भ्रष्टाचारको जालोमा जकडिएको छ । भ्रष्टाचारले मानिसका आकांक्षा र इच्छालाई गगनचुुम्बी बनाएको छ । त्यो गगनचुुम्बी आकाश छुुने अभिलाषाले उसलाई अपराध र गैरकानुुनी कार्यका लागि उक्साएको छ । यही अवस्था रहेमा जीवनका हरेक मूूल्यले मानिसका क्रियालाई समाप्त पार्नेछन् । संसारमा शासन हतियारका भरमा गरिनेछ । शासन व्यवस्था सदा कमाइखाने भाँडो हुुनेछ ।
ज्ञान, विवेक, शान्ति आदिका कारण मानिसले आफ्नो भावलाई सदा बाहिर ल्याएको हुुन्छ । मानिसका हरेक भावलाई जीवन्त बनाएको हुुन्छ । त्यसैले एक अर्काप्रति सदा मानवीय भावना र सहिष्णुुताको उज्यालो छक्र्यौं, आफ्ना सन्तानलाई प्राच्य परम्परा र आफ्नो संस्कृतिको संरक्षणमा हुर्कायौँ भने आजको समाज र आजको पुुस्ता सौम्य हुुनेछ ।
हामी प्राच्य संस्कृतिलाई छोड्न सकेका छैनौँ । आधुुनिक बन्ने नाममा सबै संस्कार भुुल्न सकेका छैनौँ । पूूर्व र पश्चिमको माझमा हुर्केका छौँ । यो मध्यबिन्दुुको जीवन भोगाइले हामीलाई अप्ठ्यारोमा पारेको छ । संस्कृति, परम्परा तथा संस्कारको संरक्षण र सम्बद्र्धन आजको आवश्यकता हो । यही आवश्यकतालाई लक्ष्य बनाएर अघि बढेमा ऋषि परम्पराको सौम्य, आरोग्य, संस्कारयोग्य, परम्पराप्रति प्रतिबद्ध पुुस्ताको पूूरा हुनेछ । दोधारको जीवन बँचाइ कठिन हुुन्छ ।
