![]()
कैलाली / सुदूरपश्चिम प्रदेशमा पनि स्थानीय तहका जनप्रतिनिधिहरु नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) मा सनाखत गरिरहेका छन् ।
एमाले नेता भीम रावलको गृह नगर साफेबगर नगरपालिका अछाममा नगरप्रमुख कुलबहादुर कुँवर र उपप्रमुख बिर्मला बुढथापा सहित ११ जना जनप्रतिनिधि नेकपा (एस)मा प्रवेश गरिसकेका छन् । यस्तै अछामकै चौरपाटी नगरपालिकाका अध्यक्ष भीमबहादुर साउँद, कञ्चनपुरको पुर्नवास नगरपालिकाका मेयर जीवनराज थापा सहित १३ जना जनप्रतिनिधिले पनि नेकपा (एस) मा सनाखत गरेका हुन् ।
यो क्रम २२ गतेसम्म निकै बढ्ने जनाइएको छ यसअघि प्रदेश सभाका ६ मन्त्री सहित १३ जनाले एमाले छोडी नेकपा (एस्) मा सनाखत गरिसकेका छन् ।
कञ्चनपुरको पुनर्बास नगरपालिकाका १३ जना जनप्रतिनिधिले नेकपा (एसमाजवादी) पार्टीमा सनाखत गरेका छन । आइतबार नेकपा एमालेबाट निर्वाचित १३ जना जनप्रतिनिधिले जिल्ला निर्वाचन कार्यालयमा एसमाजवादीका पक्षमा सनाखत गरेको जनाइएको छ ।
आइतबार नगर प्रमुख जीवनराज थापा, वडा नम्बर १ का अध्यक्ष प्रतापबहादुर चन्द, वडा नम्बर ३ का अध्यक्ष कृष्ण तामाङ, कार्यपालिका सदस्य बिष्णुदेवी सिग्देल, वडा सदस्यहरू सुकमाया तामाङ, सुमित्रा राना, पार्वतीदेवी शाही, शान्तीमाया तामाङ, प्रथमसिंह राना, फुर्वा तामाङ, बम बहादुर तामाङ, मानबहादुर तामाङ र सुपा तामाङले नेकपा एसमाजवादीको पक्षमा सनाखत गरेको निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ ।
अछाममा पनि नेकपा जनप्रतिनिधिहरू नेकपा (एकीकृत समाजवादी )
अछाम / अछाममा पनि नेकपा एमालेबाट निर्वाचित स्थानीय जनप्रतिनिधिहरूले नेकपा (एकीकृत समाजवादी ) रोज्ने क्रम जारी छ । अछाम एमाले उपाध्यक्ष भीम रावलको गृह जिल्ला हो ।
आइतबार साँफेबगर नगरपालिका प्रमुख सहित ११ जना जनप्रतिनिधिले नेकपा एसमाजवादी पार्टीमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख गजेन्द्रप्रकाश थारुले जानकारी दिए । आइतबार साँफेबगर नगरपालिका प्रमुख कुलबहादुर कुँवर र उपप्रमुख बिर्मलादेवी बुढथापाले एसमाजवादी पार्टीमा सनाखत गरे ।
त्यस्तै, मेल्लेख र चौरपाटी गाउँपालिकाका ११ जना जनप्रतिनिधिले नेकपा एसमाजवादी सनाखत गरेको जिल्ला निर्वाचन अधिकारी थारुले बताए । यसअघि चौरपाटी गाउँपालिका अध्यक्ष हर्कबहादुर साउदले पनि नेकपा एसमाजवादी रोजेर जिल्ला निर्वाचन कार्यालयमा सनाखत गरेका थिए ।
