![]()
टीकापुर, २१ भदौ । नेकपा माओवादी केन्द्र निकट अनेरास्वियू क्रान्तिकारीको सोमबार टीकापुरमा सम्पन्न नगर तथा क्याम्पस स्तरीय सम्मेलनले नयाँ कार्यसमितिहरु चयन गरेको छ । कोभिड १९ का कारण संयुक्तरुपमा आयोजना गरिएको सो सम्मेलनले टीकापुर नगर समिति, टीकापुर बहुमुखी क्याम्पस इकाई समिति र बीरेन्द्र विद्या मन्दिर बहुमुखी क्याम्पस इकाइ समिति चयन गरेको छ ।
सम्मेलनले टीकापुर नगर समिति उपेन्द्र रावलको अध्यक्षतामा २१ सदस्यीय चयन गरेको छ । समितका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष पूर्णिमा चौधरी, सचिव पुष्पराज उपाध्याय, सहसचिव अमित रावल, कोषाध्यक्ष सिर्जना भण्डारी चयन गरेको छ ।
यसैगरी सदस्यहरुमा पारस बोहरा, भुपेश बोहरा, गोकुल ठकुल्ला, कुबेर खत्री, सिर्जना चौधरी, जीवन रावल, अंकित अधिकारी, अस्कल साउँद, हेमन्त सिंह, पुष्पा चौधरी लगायत २१ रहेका छन् ।
सम्मेलनले यसैगरी वीरेन्द्र विद्या मन्दिरको इकाई समितमा नविन सञ्ज्यालको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति चयन गरेको हो । अन्य पदाधिकारीहरुमा उपाध्यक्ष अशोक रावल र अमृता पुन, सचिव सृजना भण्डारी, सह सचिव देवेन्द्र न्यौपाने, कोषाध्यक्ष मेनुका रावल चयन गरेको छ ।
यसैगरी सदस्यहरुमा एकता ठकुल्ला, शान्तिप्रिया दहित, भुपेश बोहरा, महेन्द्र रावल, हरिश बि.क., कुबेर खत्री, यशोदा चौधरी, विपना कठायत, स्मिता चौधरी, सुमित्रा चौधरी सहित २१ ज्ना चयन गरेको हो ।
यस्तै टीकापुर बहुमुखी क्याम्पस इकाइ समिति उपेन्द्र शाहको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । अन्य पदापधकारीमा उपाध्यक्षमा सिर्जना चौधरी र आनन्द शाही, सुचिवमा पूजा साउँद, सहसचिवमा विपिन जोशी, कोषाध्यक्ष पुजा चौधरी रहेका छन् ।
यसैगरी सदस्यहरुमा लक्ष्मी साउँद, सुशील साउँद, यज्ञप्रसाद बजगाई, जीवन रावल, दीप मगर, दीपक शाही, मनिषा खत्री, मिठु खत्री, भूमिका साउँद लगायत २१ सदस्यीय रहेको छ ।
तीनवटै समितिको प््यानल प्रस्तुत अखिल क्रान्तिकारी केन्द्रीय सदस्य पदम काप्mलेले गरेका थिए भने सम्मेलनमा सहभागी प्रतिनिधिहरुले सर्वसम्मतिले सर्मथन गरेका थिए । समितिमा केही सदस्यहरु पछि थप गरिने नवनिर्वाचित अध्यक्षहरुले बताएका छन् ।
सम्मेलनबाट निर्वाचित तीनवटै कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई अनेरास्वियू क्रान्तिकारीकी केन्द्रीय सदस्य तथा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय इन्चार्ज सावित्रा आचार्यले सपथ गराइन् ।
यसअघि सम्पन्न उद्घाटन सत्रमा प्रमुख अतिथी नेकपा माओवादी प्रदेश समिति सदस्य तथा संविधान सभा सदस्य हरि ज्ञवाली, विशिष्ट अतिथी पार्टी प्रदेश समिति सदस्य तथा नगर अध्यक्ष खडक शाह, अनेरास्वियू क्रान्तिकारीकी केन्द्रीय सदस्य तथा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय इन्चार्ज सावित्रा आचार्य, वाइसिएल पूर्व केन्द्रीय सदस्य शिव थपा, पार्टी नेता बालकृष्ण थारु, लगायतले शुभकामना सहित मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा चक्रराज जोशी लगायतले कविता तथा गजल वाचन गरेका थिए । कार्यक्रमको अध्यक्षता उपेन्द्र रावलले गरेका थिए ।
नवनिर्वाचित समितहरु
१. टीकापुर बहुमुखी क्याम्पस
अध्यक्ष : उपेन्द्र शाह
उपाध्यक्ष : १. सिर्जना चौधरी
२. आनन्द शाही
सचिव : पुजा साउद
सह-सचिव : बिपीन जोसी
कोषाध्यक्ष : पुजा चौधरी
सहित २१ सदस्य कमिटी
२) बिरेन्द्र विद्या मन्दिर बहुमुखी क्याम्पस
अध्यक्ष : नवीन सन्ज्याल
उपाध्यक्ष १. अशोक रावल
२. अमृता पुन
सचिव : सिर्जना भण्डारी
सह-सचिव :देवेन्द्र न्यौपाने
कोषाध्यक्ष : मेनुका रावल
सहित २१ सदस्य कमिटी
३) टीकापुर नगरपालिका कमिटी
अध्यक्ष : उपेन्द्र रावल
उपाध्यक्ष : १. पूर्णीमा चौधरी
सचिव : पुष्पराज उपाध्याय
सह-सचिव: अमित रावल
कोषाध्यक्ष : सिर्जना भण्डारी
सहित २१ सदस्य कमिटी



