![]()
काठमाडौं : चर्चित पत्रकार देवप्रकाश त्रिपाठीले नयाँ पार्टी गठन गरेका छन्। त्रिपाठी अध्यक्ष रहेको एकीकृत शक्ति नेपाल नामक पार्टीको घोषणा भएको गरिएको हो।
काठमाडौंको एक पार्टी प्यालेसमा बिशेष समारोह आयोजना गरी एकीकृत शक्ति नामक दलको घोषणा गरियो । दलमा डाक्टर रामप्रसाद उप्रेती, डाक्टर वी पी तिम्सिना, निखिल उप्रेती, श्याम पाण्डे लगायत नेतृत्वदायी भूमिकामा रहेका छन्।
घोषणा सभामा राष्ट्रकवि माधव घिमिरे रचित ‘गाउँछ गीत नेपाली ज्योतिको पंखा उचाली’ राष्ट्रिय गीत सामुहिक गायन गरिनुको साथै नेपाल एकीकरणमा योगदान दिने बहादुर शाह, राजेन्द्र लक्ष्मी, काजी कालु पाँडे, भक्ति थापा, बलभद्र कुँवर, बिसे नगर्ची, अमरसिंह थापा, बंशु गुरुङ, बिराज बखेती, शिवराम सिं बस्न्यात, बलभद्र उपाध्याय, श्रीकृष्ण पाठक र जंगबहादुर राणा समेतको स्मरणमा सम्मान स्वरुप एक मिनेट मौनधारण गरिएको थियो।
पार्टीका पदाधिकारीहरुले सोमबार नै भद्रकाली मन्दिरको प्राङ्गणमा उपस्थित भएर सपथ लिएका छन्। हिन्दू धर्म सापेक्ष, राजसंस्था र मौलिक नीतिका आधारमा एकीकृत शक्ति नेपालको घोषणा गरिएको त्रिपाठीले जानकारी दिए ।
