Loading

काठमाण्डौ, ९ भदौ । तेह्रथुम पावर कम्पनीको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला भएको छ । आज बुधवारदेखि बिक्री खुला भएको आईपीओ भदौ १३ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ । यदि यस अवधिसम्म मागअनुसारको आवेदन नपरेमा ढिलोमा भदौ २३ गतेसम्म शेयर निष्कासन तथा बिक्री खुला हुने कम्पनीले जनाएको छ ।

कम्पनीले रुपैयाँ एक सय अङ्कितका दरले आठ लाख कित्ता शेयर निष्कासन गरेको छ । जसमध्ये पाँच प्रतिशत अर्थात् ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र दुई प्रतिशत अर्थात् १६ हजार कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेका सात लाख ४४ हजार कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको हो । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ६० हजार कित्तासम्म आवेदन दिन पाइनेछ । यसअघि कम्पनीले आयोजना प्रभावितका लागि चार लाख कित्ता शेयर निष्कासन गरिसकेको छ । आयोजना प्रभावितका लागि शेयर निष्कासन गरेपछि कम्पनीले सर्वसाधारणका लागि आठ लाख कित्ता शेयर बिक्री गर्न लागेको हो ।

अहिले कम्पनीको चुक्ता पुँजी २८ करोड रुपैयाँ रहेको छ । स्थानीयवासीलाई चार करोड रुपैयाँ र सर्वसाधारणलाई आठ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ हुनेछ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय र मेरो शेयर एप (सफ्टवेयर) मार्फत समेत आईपीओमा आवेदन दिन सक्नेछन् ।