![]()
अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । उनी काबुलबाट ताजकिस्तान लागेको रोयटर्सले जनाएको छ ।
तालिवानी लडाकु काबुल प्रवेश गरेपछि घानीले देश छाडेका हुन् । घानीले गत बिहीबार तालिवानसँग सत्तासाझेदारीको प्रस्ताव पनि गरेका थिए । तर, तालिवानले उनको प्रस्तावलाई अस्वीकार गरेको थियो।
तालिवानले सबै शहरमा पकड जमाएसँगै काबुल पनि घेराबन्दीमा पारेको छ । अलजजिराका अनुसार एक मन्त्रीले शान्तिपूर्ण ढंगले तालिवानलाई सत्ता हस्तान्तरण गरिने बताएका छन् ।
कसैसँग बदला लिँदैनौं : तालिवान प्रवक्ता

अफगानिस्तानका धेरैजसो शहरमा नियन्त्रण कायम गरिसकेको विद्रोही संगठन तालिबानले आफूहरु कसैसँग बदला नलिने बताएका छन् ।
तालिवानका प्रवक्ता सुहैल शाहीनले बीबीसीसँगको कुराकानीमा अफगानिस्तान र खासगरी काबुलका बासिन्दासँग कुनै बदला नलिने बताएका हुन् ।
