![]()
काठमाडौं, २५ साउन । लियोनल मेस्सी बार्सिलोना छोड्ने घोषणा गर्ने क्रममा भावुक भएका छन् । उनले आफू र आफ्नो परिवार घरमै बस्नेमा विश्वस्त भएको बताउँदै भावुक भए ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो बर्हिगमनको पुष्टि गर्दै अब क्लबसँगको आबद्धता समाप्त भएको छ र नयाँ कथाको सुरुवात हुने बताए । “मेरो लागि यो अत्यन्तै गाह्रो क्षण हो, मैले क्लब छोड्न चाहेको छैन्, मैले माया गरेको हो र यस क्षणमा अब म अपेक्षा गरेको छैन् ।”– उनले बताए। “गत् वर्ष म छाडन चाहन्थे तर अहिले बस्न खोज्दै थिएँ, त्यसैले म अत्यन्तै दुःखी छु ।” –उनले थपे।
मेस्सीले गत् संस्करणमा स्थानान्तरणको लागि आग्रह पत्र पठाएका थिए तर छलफलपछि उनी अन्तिम वर्षका लागि बस्न सहमत भए । बार्सिलोनासँगको पाँच वर्षे अनुबन्धन गत् जुलाई १ मा सम्पन्न भएको छ ।
मेस्सीलाई आबद्धता किन लम्ब्याउन नसकिएको प्रश्नमा उनले अध्यक्षले जानकारी गराए बमोजिम बार्सिलोना ठूलो ऋणमा रहेको र राख्न नसक्ने अवस्थामा पुगेको बताए । “मैले बार्सिलोनामै बस्न सबैथोक गरे तर सम्भब भएन ।”– उनले बताए ।
अबको यात्रा सम्बन्धमा उनले भने,“यो सम्भाबना मात्रै हो, मैले कसैसँग कुनै सहमति गरेको छैन्, कतिपय क्लबले चासो देखाएका छन्, केही निश्चित छैन् तर प्रष्टरुपमा हामी कुराकानी गरिरहेका छौं ।” मेस्सीले बार्सिलोनासँगको आबद्धता सकिएपछि पेरिस सैन्ट जर्माइनमा आबद्ध हुने चर्चा चलेको छ ।
