Loading

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको आज भएको भेटवार्ता सकिएको छ ।

लामो सम्वादहीनता तोडेर बुधबार दुई नेताबीच हिजोबाट कुराकानी शुरु भएको हो । बिहीबार आज पनि दुई नेताबीच मेरियट होटलमै डेढ घण्टा कुराकानी भएको छ । भेटवार्तापछि होटलबाट बाहिर निस्कँदै सञ्चारकर्मीलाई माधव नेपालले छोटो प्रतिक्रिया दिएका छन् । नेता नेपालले पत्रकारहरुलाई भने, ‘कुराकानीमा कुनै प्रगति छैन ।’

नेता नेपालले हिजोको आफू अलि आशावादी भए पनि आज तिक्ततापूर्ण कुरा भएको प्रतिक्रिया दिएका छन् । ‘कुनै प्रगति भएन। हाम्रो तिक्ततापूर्ण सम्बन्ध कायमै छ। म हिजो थोरै आशावादी थिएँ तर आज तिक्ततापूर्ण कुराकानी भयो,’ नेपालले भने।