![]()
काठमाडौ । चीनले विश्वलाई सुपथ मुल्यमा कोभिड–१९ भ्याक्सिन उपलब्ध गराउने जनाएको छ ।
चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नियमित प्रेससम्मेलनमा भने “ विभिन्न देशहरूले भ्याक्सिनको विकास गरिरहेका छन ।
उनीहरूले तयार पार्न लागेको भ्याक्सिनको मुल्यबारे अनिश्चित रहेपनि चीनले विश्वलाई सुपथ मुल्यमा भ्याक्सिन उपलब्ध गराउने स्पस्ट रहेको छ ।”
अमेरिका र युरोपको भन्दा चीनले तयार पारेको कोभिड–१९को मुल्य महँगो हुने हल्लाबारे स्पस्ट पार्दै चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता वाङले यसबारे स्पस्ट पारेका हुन ।
चीनले विश्वका जनताका लागि राम्रो हुने उद्देश्यका लागि भ्याक्सिन सबैलाई सहजरूपमा उपलब्ध हुने गरी कोभिड–१९ भ्याक्सिनको विकास गरिरहेको जनाउँदै वाङले चीनले भ्याक्सिन वितरणमा विकासशील देशरूलाई प्राथमिकतामा राखेको छ । यसमा दान र अनुदानका आधारमा पनि भ्याक्सिन उपलब्ध गराइने योजना रहेको उनले जनाए ।
