Loading

भजनी नगरपालिकाको आठौं नगरसभा (अधिवेशन) मंगलबार शुरु भएको छ । नगरपालिकाको सभाकक्षमा भएको उक्त नगरसभाको कार्यक्रमका प्रमुख अतिथी सुदूरपश्चिम प्रदेश सभा सांसद माननीय बीरमान चौधरीले पानसमा बत्ति बालेर उद्घाटन गरेका थिए ।

उद्घाट सत्रमा बोल्दै सांसद चौधरीले राज्यका तीन अंगहरु एकअर्काका परिपुरक रहेको बताए । उनले भने, शक्ति पृथकीकरणको सिद्धान्त अनुसार तीनवटै अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका समन्वय र सहअस्तित्वका किसिमले एकअर्काका परिपुरक भएपनि कार्यका किसिमले स्वायत्त र स्वतन्त्र समेत रहेका छन् । एक अर्कामाथि बिना दबाब तीनवटै अंगले आआफ्नो कार्य गर्न संविधानले अधिकार दिएको छ । प्रदेश सरकार र स्थानीय सरकारमा पनि यी तीन अंगहरु छन् । तर पूर्ण रुपमा कार्यान्वयनमा आइसकेका छैनन् ।


उनले भने, आज तीनवटा अंगको कार्य एक अंगले चलाउने खतरा बढेको छ । सनकको भरमा संविधानको धारा ७६ मा नभएको अधिकार प्रयोग गरेर संसद बिघटन गरिएको बताए । प्रधानमन्त्रीको गलत कदमले संविधान सभाले निर्माण गरेको संवधानमाथि प्रहार भएको बताए ।
उनले अगाडि भने, ब्यक्तिको टकराव र स्वार्थले संविधानको धज्जी उडाउन मिल्दैन । यो संविधान कसनै राजा वा महाराजाले जारी गरिबक्सेको होइन राष्ट र जनताका नाममा संविधानसभाले जारी गरेको संविधान हो । पहिलो संविधान सभाले संविधान जारी गर्नै लाग्दा बिघटन गरिएको भएपनि दोस्रो संविधान सभाले तयार गरेको उक्त संविधानको संरक्षणका लागि नेपाली जनता जाग्नुपर्ने बताए ।
यस्तै प्रदेश सरकारको पहलमा स्थानीय नदीहरुमा तटबन्ध, झोलुंगे पुल, सडकमार्ग स्तरोन्नति भइरहेको उनले बताए । स्थानीय बाढीपीडित, सुकुम्बासी र अव्यवस्थति बसोबासको दिर्घकालीन रुपमा समस्या समाधान गर्नको लागि तीनवटै सरकारको महत्वपूर्ण भूमिका रहन्छ । अहिले यस्को पहल भइरहेको छ । यस्तै भजनीमा बहुमुखी क्याम्पसको भवन निर्माण र दुईवटा झोलुंगे पुल आफुनो पहलमा भएको बताए ।
यस्तै सिचाईका लागि रानी ९५ लाख बजेट प्रदेश सरकारबाट काँढा सिचाईलाई छुट्याएको र रानीजमरा कुलरिया सिँचाईलाई त्यससंग जोडिने पहल भइरहेको छ । हुलाकी राजमार्गको सडक चौडा र मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रमका लागि प्रदेश सरकारबाट पहल भएको उनले बताए ।
मलखादको विषयमा प्रदेश सरकाले सिधै खरिद गरेर किसानको समस्या समाधान गर्ने प्रस्ताव संघीय सरकारलाई अनुमति माग्दा स्वीकृत अहिलेसम्म नभएको गुनासो उनको थियो । कृषि विकास बैंकबाट किसानहरुका लागि १५ लाखसम्म ऋणमा १ प्रतिशत र १५ देखि ५० लाख सम्मको ऋणमा २ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने थप ब्याज प्रदेश सरकारले तिरिदिने योजना प्रदेश सरकारले ल्याएको बताए ।
यस्तै सुदूरपश्चिम विश्व विद्यालय अन्र्तगत प्रदेशका सबै क्याम्पस राख्ने पहल भइरहेकोमा त्यो प्रयास जारी रहेपनि अहिलेसम्म हुन सकेको छैन । यस्तै खानेपानी र स्वास्थ्यका लागि पनि प्रदेश सरकारले आवश्यक कार्य गरिरहेको बताए । भजनी नगरपालिकाका भित्र प्रदेश सरकारले गरेका सबै काममा भजनी नगरपालिकाको उल्लेखनीय सहयोग रहेको सांसद चौधरीले बताए ।
यस्तै उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश उपाध्यक्ष दुर्गाप्रसाद भण्डारीले निर्वाचनताका जनताका लागि गरिएका वाचा पूरा गर्न नगरसभालाई आग्रह गरे । अल्पकालीन र दर्घिकालीन योजना बनाएर आप्mना प्रतिवद्दता पुरा गरिनुपर्ने पर्छ । स्थानीय किसान, मजदुर, सुकुम्वासी, बाढीपीडितका समस्या पहिभान गरी अल्पकालीन र दिर्घकालीन योजना ल्याउनुपर्ने उनले बताए ।


उनले जनताका प्रतिनिधिले निर्माण गरेको संविधानमाथि प्रधानमन्त्रीले धावा बोलेकोमा सचेत जनताले त्यसविरुद्द आवाज उठाउनु पर्ने बताए । नेपाल पत्रकार महासंघले सरकारको उक्त कदमको विरोध गरिसक्ेको जनाउँदै राज्यको अघोषित चौथो अंगले सर्वोच्वले संविधानको सही ब्याख्या गरेर संसद पुनस्थापना गर्नुपर्ने आग्रह गरे । सरकार स्थिर नीति सही भएर मात्र नभई संविधानको पूर्ण पालना पनि हनुपर्छ तबमात्र समृद्ध नेपाल बन्छ । यो सवाल हरेक जनतासँग जोडिएका उपाध्यक्ष भण्डारीले बताए ।
नगर सभाका अध्यक्ष समेत रहेका नगरप्रमुख शेरबहादुर चौधरीले भजनी नगरपालिका मोहना, कन्द्रा, पथरैया, काँढा लगायतका नदीले घेरिएको हुँदा प्रदेश सरकारसंग तटबन्धको पहल गरिदिन माग गरे । यस्तै कन्द्रा नदीमा पक्कीपुल र बेलुवाघाट, काँढाढीकको डल्फिन क्षेत्रमा झोलुंगे पुलका लागि पनि आग्रह गरे । वडा नं ८ र ३ बाढीग्रस्त क्षेत्र भएकाले त्यसको दिर्घकालीन समाधानका लागि पहल गर्न समेत आग्रह गरे ।

उनले पर्यटन क्षेत्रहरु डल्फिन क्षेत्र र लौकाह भौकाहा तालको डिपीआर तयार भएकाले त्यसको लागि बजेट ब्यवस्थापन गर्न प्रदेश सरकासंग माग गरेका छन् । कन्द्रा नदीका पक्की पुल चाँडो निर्माण गर्न र चिल्डेन पार्क, बसपार्कका लागि समेत जमिन नभएको नगरप्रमुख चौधरीले बताए । उनले स्थानीय स्तरमा बाटो खानेपानी स्वास्थ्य चौकी, कृषिमा अनुदान, नगरपालिका भवन, क्याम्पस भवन २ वटा झोलुंगे पुल बनेको बताए । अझै कार्य गर्न बाँकी रहेकाले त्यस्तर्फ पहल भइरहेको समेत बताए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम चौधरीले यो नगरसभा विधयेक निर्माणको कार्य गर्ने सभा भएको बताए । उनले नगरसभाले विकास निर्माण सम्बन्धी पुरक बजेट समेत ल्याउन सक्ने प्रावधान रहेको बताए ।

यस्तै वडाध्यक्षद्वय बिक्रम चौधरी र सुन्दरलाल चौधरीले पनि मन्तव्य ब्यक्त गरेका थिए । नगरसभा अध्यक्ष शेरबहादुर चौधरीको अध्यक्षतमा भएको उक्त कार्यक्रममा उपाध्यक्ष छाया देवकोटाले स्वागत मन्तव्य र नगरपालिकाका कर्मचारी झनक ओझाले सञ्चालन गरेका थिए । उद्घाटन सत्रसंगै मंगलबार नगरसभा स्थगन भएको छ ।