Loading

‘हाम्रो पहिचान हाम्रो संस्कृति सबै मिली हटाउ विकृति, समाजिक साँस्कृतिक सदभावका लागि’ भन्ने मुल नाराका साथ सोमबार भजनीको रजबारामा सांस्कृतिक जगेर्ना कार्यक्रम सम्पन्न भएको छ ।
कैलालीको भजनी नगरपालिका वडा नं २ को आयोजनामा भएको उक्त कार्यक्रममा नगरपालिकामा रहेका विविध प्रकारका भाषा तथा संस्कृतिको जगेर्ना गर्ने उदेश्यले सो कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि सुदुर पश्चिम प्रदेश सभा सदस्य माननीय वीरमान चौधरीले संवधानले प्रदत्त गरेको एउटा विशेषता नै यो कार्यक्रम भएको बताएका थिए । उनले स्थानीय सरकारले नै अहिले आप्mनो पहिचान र भाषा तथा संस्कृति जोगाउनका लागि यस्ता कार्यहरु गरिरहेको बताए ।
यस्तै विशिष्ट संविधानसभा सदस्य हरि ज्ञवालीले सबै जाति, धर्म, भाषा र लिंगको पहिचान नै अहिलेको संवधानको विशेषता भएको बताए । उनले पहिले ओझेलमा पर्दै गएका साँस्कृतिक परम्परालाई एउटै थलोमा रहेर प्रस्तुति गर्नुले आपसी भाइचारा र सदभाव बढ्न् समेत बताए ।
यस्तै कार्यक्रमका अतिथी नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति उपाध्यक्ष दुर्गाप्रसाद भण्डारीले विशेषताले भरिएको संविधानमाथि छेडखानी हुन थालेको बताए । उनले भने, जुन संविधानले अहिले यो कार्य गरिहेका छौं आजका शासकहरु त्यसमाथि प्रहार गरिरहेकाले त्यसको बचावमा सबै लाग्नुपर्छ । कैलालीको टिकापुरमा भएको घटना र संसद घिटनको घटनाप्रति लक्षित गर्दै राजनीतिक विषयवस्तुलाई मोडेर संवैधानिक र संंवैधानिक विषयवस्तुलाई मोडेर राजनीतिक बनाउन नहुने उनले बताए ।
कार्यक्रममा अतिथिहरु कार्यपालिका सदस्य कमला ज्ञवाली, जसपा प्रतिनिधि झंकुलाल चौधरी लगायतले मन्तव्य ब्यक्त गरेका थिए । वडाध्यक्ष दुर्गा पुनको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत् मन्तब्य वडा सदस्य रेखा कामी र सञ्चालन वडा नं २ का सचिब देवराज चौधरीले गरेका थिए ।
कार्यक्रममा भजनी नगरपालिका वडा नं २ ले आफ्नो वडा भित्रका समुदायहरूको माग अनुसार यो कार्यक्रम गरिएको र यस कार्यक्रममा वडा नं २ का १२ वटा बस्तीहरुबाट सहभागिता रहेको बताइएको छ ।
उक्त सांस्कृतिक कार्यक्रममा धमार नृत्य, देउडा गीत, झुमरा नाच, डफ गीत, कुमाल गीत, मगर गीत र हरदहुवा गीतहरु लगायत प्रस्तुत गरिएका थिए ।