![]()
नूर आलम बादशाह
कलैया, १३ असोज / बाराको देवताल गाउँपालिका प्रमुख चन्दन सिंहले गाउँपालिका अन्तर्गतका सामुदायिक बिधालयहरुको कक्षा ८ तथा कक्षा ९ को शैक्षिक पत्र २०७६ को अन्तिम परीक्षामा प्रथम, दोस्रो, तथा तेस्रो भएका बिधार्थीहरुलाई एक कार्यक्रमका बिच पन्द्र जनालाई सोमवार ल्यापटप बितरण गरेका छन ।
देवताल गाउँपालिका पर्ने नेरामावि पीपरढी, इन्द्रदेव निमावि, रौवाही नेरामाविका उत्कृष्ट छात्र छात्राहरुलाई ल्यापटप बितरण गरिएको छ । बिधार्थीहरुको शिक्षामा प्रोत्साहन तथा सहयोग मिलोस भनेर ल्यापटप बितरण गरिएको अध्यक्ष सिंहले बताए । गाउँपालिकामा शिक्षा मोडलको रुपमा बिकास गर्दै लैजाने योजना रहेको अध्यक्ष सिंहको भनाई रहेको छ । बिधार्थीहरुलाई उपलब्ध गराएको ल्यापटप भरपुर प्रयोग गर्न आग्रह गर्दै उज्जवल भविष्यको कामना समेत अ गरे ।
शिक्षालाई रुपान्तरण गरि प्राबिधिक जनशक्ति उत्पादन गर्ने थलोको रुपमा बिकास गर्न नसके सम्म पालिकाको समग्र बिकास हुन नसक्ने भएकाले त्यसका लागि हामी सबै एक भएर लाग्नु पर्नेमा जोड दिए । बिधार्थीहरुलाई प्रबिधिमैत्री बनाउन सकियोस भने गुणस्तरीयतामा टेवा पुग्ने भएकाले पनि बिधार्थीको क्षमता अभिबृद्धिका लागि प्रबिधि हस्तान्तरण गरिएको उक्त गा.पा.का प्रमुख प्रशासकीय अधिकृत सिकेन्द्र साहले बताए । उक्त कार्यक्रममा बोल्दै रौवाही माध्यामिक विद्यालयका प्रधानाध्यापक श्याम प्रसाद साहले समाग्री सहयोग गर्ने गाउँपालिका अध्यक्ष चन्दन सिंहलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्न सल्लाह दिनु भएको थियो ।
ल्यापटप हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका सम्पूर्ण वडा अध्यक्षहरु, बिधालय व्यवस्थापन समितिका पदाधिकारीहरु, गाउँपालिकाका कर्मचारी, पत्रकार तथा अभिभावक र बिद्यार्थीहरुको रोहबरमा उक्त लैपटा‘प वितरण गरिएको थियो। कार्यक्रमको सञ्चालन गाउँपालिकाका सुब्बा अभिनन्दन प्रसाद साहले गरेका थिए ।
