Loading

विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक आगामी माघ ७ गते बोलाइएको छ । प्रदेश मन्त्रिपरिषद्‌को आज बसेको बैठकले बैठक बैठक बोलाउने निर्णय गरेको हो ।

आगामी माघ ७ गते हिउँदे अधिवेशन सुरु गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले जानकारी दिए ।

बैठकले भौतिक पूर्वधार विकास मन्त्रालयबाट प्रस्ताव गरिएको प्रदेश यातायात नियमावली २०७७ स्वीकृत गरी लागु गर्ने निर्णय गरेको कार्कीले बताए ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध आज अविश्वास प्रस्ताव दर्ता भएको छ ।