![]()
टीकापुर/टीकापुर प्राज्ञिक समाजको आइतबार टीकापुरमा सम्पन्न २२ औं साधारणसाभाले खगेन्द्र प्रसाद उपाध्यायको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ।
अन्य पदाधिकारीहरुमा उपाध्यक्ष मीनबहादुर बिक, सचिव डा. चक्रप्रसाद अधिकारी, सहसचिव रविन्द्र बहादुर कठायत र कोषाध्यक्ष टंकप्रसाद देवकोटा रहेका छन् । दोस्रो कार्यकालका लागि अध्यक्ष चयन उपाध्यायको नेतृत्वमा सचिव बाहेक अन्य सबै पदाधिकारीहरु दोहोरिएका हन् ।
यसैगरी सदस्यहरुमा रामप्रसाद चौधरी, नवराज सञ्ज्याल, नृपराज भण्डारी, सप्ततराज देवकोटा, कमलप्रसाद भाट र यसोदा तिमिल्सिना बजगाईं रहेका छन् बन्द सत्रमा सचिव छत्र मल्लले सँस्थाको प्रस्तावित योजना र कोषाध्यक्ष टंक देवकोटाले गतवर्षको आयव्यय प्रस्तुत गरेका थिए।
प्रस्तुत पत्रमाथि साधारण सभा सदस्यहरु सञ्चारकर्मी दुर्गाप्रसाद भण्डारी, योगेन्द्र प्रसाद बजगाईं, डा. धनकृष्ण उपाध्याय, डा. चक्रप्रसाद अधिकारी र धनञ्जय तिमिल्सिनाले संशोधन टिप्पणी गरेका थिए।
यसअघि समाजका अध्यक्ष उपाध्यायको अध्यक्षतामा भएको उद्घाटन सत्रमा प्रमुख अतिथि सुदूरपश्चिम विश्वविद्यालय कृषि तथा वन संकायका डिन सहप्राध्यापक विष्णु विलास अधिकारी, विशिष्ट अतिथिहरु सुदूरपश्चिम प्रदेश सरकार नीति आयोगका सदस्य प्राडा जगतबहादुर सिंह रावल, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सदस्य तथा भेरी साहित्य समाजका सल्लाहकार एवं महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका उपप्राध्यापक हरिप्रसाद तिमिल्सिनाले शुभकामना ब्यक्त गरेका थिए ।
सो अवसरमा समाजले टीकापुर प्राज्ञिक समाजका आजीवन सदस्यहरु मध्ये विभिन्न विश्वविद्यालयबाट विद्यावारिधि गरेका डा. चक्रप्रसाद अधिकारी, डा. केशरबहादुर कुँवर, डा. योगेन्द्र प्रसाद बजगाईं, डा. रामबहादुर चौधरी, डा. देवराज जोशी, डा. ज्ञानुराज पौडेललाई दोसल्ला र सम्मान पत्र सहित सम्मानित गरिएको थियो।
यसैगरी नयाँ आजीवन सदस्यहरु दुर्गाप्रसाद भण्डारी(डीपी दर्शन), झुमाकुमारी जैसी (भण्डारी), रंगा बुढा (साउँद), यसोदा तिमिल्सिना (बजगाईं)सप्तराज देवकोटा, नृपराज भण्डारी, ईश्वर साउँद, गणेश साउँदलाई आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो।
