![]()
काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत फाइनल खेलमा घरेलु टोली नेपाल बंगलादेशसँग पराजित भएको छ । बुधबार साँझ भएको खेलमा साविकको विजेता बंगलादेशले नेपाललाई २–१ को गोलले हराउँदै च्याम्पियन बनेको हो ।
यो सँगै सेमिफाइनलमा भारतलाई हराउँदै फाइनल प्रवेश गरेको नेपालका लागि इतिहास लेख्ने मौका गुमेको छ । नेपाल भारतलाई पराजित गर्दै र बंगलादेश भुटानलाई पराजित गर्दै फाइनलमा पुगेका थिए । तर यसपटक पनि नेपाले बंगलादेशलाई पराजित गर्न सकेन ।
फाइनल प्रतियोगितामा सावित्रा भण्डारी सँमबाको जोडी रेखा पौडेलको अभाव खटकियो । पौडेललाई सेमीपाइनलमा भुटानकी प्रशिक्षक रहेकी प्रतियोगिताकी प्रशिक्षकले नियोजित ढंगले रातो कार्ड दिएर खेलबाट बाहिर पठाएकी थिइन् । ती प्रशिक्षकले पौडेललाई रोकेर भुटानी खेलाडीलाई गोल्डेन बुट दिलाउनका लागि यो निर्णय लिएको आरोप लागेको छ ।
अघिल्लो संस्करणमा भएको साफको फाइनलमा नेपाल बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित हुँदै पाँचौँ पटक उपविजेता बनेको थियो ।
