Loading

नेपालगञ्ज, २७ माघ/भेरी साहित्य समाजको सातौ चुनावी केन्द्रीय साधारण सभाले नेपालगञ्जका साहित्यकार इन्द्रबहादुर बस्नेतको नेतृत्वमा १५ सदस्यीय केन्द्रीय कार्य समिति चयन गरेको छ । शनिबार नेपालगञ्जमा सम्पन्न उक्त साधारण सभाको बन्द सत्रले आगामी तीन वर्षका लागि बस्नेत अध्यक्ष रहेको कार्यसमिति चयन गरेको हो ।
अध्यक्ष बस्नेतका साथै वरिष्ठ उपाध्यक्षमा ईश्वरीप्रसाद रिजाल कोहलपुर), उपाध्यक्ष महेन्द्र चन्द(सुर्खेत), महासचिव गीता अर्याल (नेपालगञ्ज), सचिव प्रभात सुवेदी (बर्दिया)लाई चयन गरेको हो ।
यस्तै सदस्यहरुमा हेमन्तराज माण्डव्य (कैलाली), कोकिला सिँह (सुर्खेत), रामचन्द्र आचार्य, पदम जयसवाल, बोधराज प्याकुरेल, सुन्दर गुरुंग, भरतबहादुर रानाभाट, राजकुमार थारु, चन्द्रावती अधिकारी, मीना बराल, बालकृष्ण शर्मा रहेका छन् ।
निर्वाचन समितिका साथै अध्यक्ष मण्डलका अध्यक्ष रहेका पूर्णलाल चुँकेले सम्पूर्ण कार्यसमिति सर्वसम्मतिबाट निर्वाचित भएको बताए । चुकेसँगै निर्वाचन समितिमा महानन्द ढकाल समेत रहेका थिए । निर्वाचन समितिका अध्यक्ष चुँकेले नवनिर्वाचित कार्यसमितिका पदाकिारी सहित सदस्यहरुलाई संयुक्तरुपमा सपथ ग्रहण गराएका थिए ।
सपथग्रहण पछि नवनिर्वाचित अध्यक्ष बस्नेतले आगामी दिनमा पनि भेरी साहित्य समाजको गतिलाई निरन्त्ररुपमा अघि बढाइरहने प्रतिवद्धता ब्यक्त गरे । नवनिर्वाचित कार्यसमितिलाई निवर्तमान अध्यक्ष हरिप्रसाद तिमिल्सेना, पुर्णलाल चुँकेले कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
यसअघि भएको उद्घाटन सत्रको उद्घाटन प्राज्ञ प्ररिषद भुतपूर्व सदस्य सचिव सनतकुमार रेग्मीले गरेका थिए । उक्त सत्रमा प्रमुख अतिथि रेग्मीका साथै विशिष्ट अतिथि कृष्णप्रसाद घिमिरे, पत्रकार झलक गैरे, नरेन्द्रजंग पिटर, लगायतले साधारण सभा सफलताको शुभकामना दिएका थिए ।
सो अवसरमा पूर्वप्राज्ञ परिषदको सदस्य सचिव रेग्मीबाट इश्वरी प्रसाद रिजालद्वारा लिखित ‘बाँके सताब्दी साहित्य’ नामक पुस्तक, शंङ्का, चट्याङ् हर्कत सहित ४ वटा कृतिहरु बिमोचन भएका थिए भने भेरी साहित्य समाजबाट प्रकाशित दौंतरीको २७ औं अंकको सार्वजनिकरण समेत गरिएको थियो ।
उक्त सत्रमा पाँचजना साहित्यकारहरुलाई साहित्यमा योगदान पु¥याएवाफत प्रमाणपत्र र दोसल्लासहित सम्मानित गरिएको थियो । सम्मानित हुनेमा पत्रकार एवं साहित्यकार झलक गैर बिकल्प, टिकाराम उदासी, अयोध्या प्रसाद श्रीवास्तव, इन्द्र बस्नेत र थानेश्वर लामिछानेलाई सम्मान गरिएको थियो ।
अधिवेशनमा महासचिव लेकप्रसाद प्याकुर्लले संस्थाको प्रगति प्रतिबेदन, कोषाध्यक्षका तर्फबाट आर्थिक प्रतिवेदनका साथै जिल्ला अध्यक्षहरुले जिल्लागत प्रतिवेदन प्रस्तुत गरेका थिए । भेरी साहित्य समाजमा पश्चिम क्षेत्रका बाँके, बर्दिया, कैलाली, सुर्खेत, जाजरकोट लगायत ७ वटा जिल्लाका साहित्यकारहरु आवद्ध रहेका थिए ।
विगत २०६६ बाट अध्यक्ष रही विभिन्न जिल्लमा शाखाहरु गठन गरेर सँस्थालाई नयषँ उचाई दिएका सँस्थाका अध्यक्ष उपप्राध्यापक तिमिल्सैनाले विदा लिएका छन् ।
कैलाली जिल्लाबाट अध्यक्ष डा. चक्रप्रसाद अधिकारी, सल्लाहकार हेमन्तराज माण्डव्य, सचिव दुर्गाप्रसाद भण्डारी, आजीवन सदस्य खगेन्द्रप्रसाद भण्डारी लगायतको सहभागिता रहेको थियो ।