Loading

भेरी साहित्य समाजको केन्द्रीय साधारण सभा बाँके जिल्लाको नेपालगञ्जमा शनिबार दिउँसो शुरु भएको छ ।

साधारण सभामा बाँकेका साथै कैलाली, कञ्चनपुर, बर्दिया, दैलेख र दाङबाट आएका भेरी साहित्य समाजका प्रतिनिधि र पर्यवेक्षकहरुको सहभागिता रहेको छ ।

सँस्मथाका महासचिव लेखप्रसाद प्याकुरेलले केन्द्रीय, कैलालीबाट जिल्ला शाखा अध्यक्ष डा. चक्र प्रसाद अधिकारीका साथै विभिन्न जिल्ला अध्यक्षहरुले सँस्थाको साँगठनिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

सुर्खेत रोडस्थित स्वस्तिक कटेजमा भइरहेको यस कार्यक्रमकमा विभिन्न साहित्यिक स्रष्टाहरु सम्मानित हुनुका साथै विभिन्न साहित्यिक कृतिहरु रचना गरिएका छन् ।

 हरिप्रसाद तिमिल्सिनाको अध्यक्षतामा भइरहेको उक्त कार्यक्रमको सञ्चालन महासचिव लेख प्रसाद प्याकुरेलले गरेका छन् ।