Loading

टीकापुर/ टिकापुर नगरपालिका वडा नं ७ बैदी निवासी शिक्षाक सुरज साउँदको सोमबार अपरान्ह ५ बजे अल्पायुमै निधन भएको छ ।

स्थानीय जनता मावि सोनाफाँटाका शिक्षक साउँद केही समय यता बिरामी भएपछि प्रधानाध्यापकको जिम्मेवारी त्यागेर उपचारमा थिए। ५० वर्षको कलिलो उमेरमा निधन भएका साउँका दुई छोरा र श्रीमती छन् । 

लिभरमा समस्या देखिएपछि केही समय काठमाडौँ उपचार गराएका साउँद उपचारपछि घर फर्केका थिए। पाँच दिनअघि पुनः समस्या देखिएपछि उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लगिएको थियो। सोमबार अपरान्ह ५ बजे उपचारकृ क्रममा उनको निधन भएको साउँदका आफन्त टोपबहादुर केसीले बताए ।

साउँद विद्यार्थी जीवनमा होनहार कलाकार समेत थिए। जनवादी गीतहरु गाउने साउँदले महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जबाट कानुनमा स्नातक गरेका थिए । हालको माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी(एघारौं)मा आवद्ध रहेर लामो समय वाम आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका साउँद २०४६ को परिवर्तन पछि जनवादी गीतहरु गाउँदै जिल्लाभरि क्रान्तिमा होमिएका थिए।

जनता माविको अध्यक्ष र पछिल्लो समयमा प्रधानाध्यापक बनेका साउँद नेकपा माओवादी निकट शिक्षाक सँगठनमा आवद्ध थिए।  मिजासिला स्वभाव भएका साउँद विद्यार्थी जीवनमा पनि सबैसँग मिलनसार रहेका थिए।

साउँदका दुई छोरा, श्रीमती र बुबा रहेका छन् भने आमाको केही वर्ष अघि निधन भएको थियो। बहुमुखी प्रतिभाका धनी साउँदको निधनले स्थानीय शिक्षा क्षेत्रमा ठुलो क्षति भएको छ।

साउँदको मंगलबार दिउँसो अर्नवाफाँटा स्थित कर्णाली नदीमा अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ।