Loading

काठमाडौँ/भारतका चर्चित धार्मिक गुरु बागेश्वर बाबा (धिरेन्द्र शास्त्री) नेपाल आएका छन् । उनी नवलपरासीस्थित शाश्वत धाममा कथा वाचनका लागि हिन्दु धार्मिक गुरु बागेश्वर बाबा आज नेपाल आएका हुन् ।

आज अपराह्न ४ बजे पशुपतिनाथको दर्शन गर्ने तथा काठमाडौंका धार्मिक संघ संस्थासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । यस्तै, आज उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ । भोलि उनी चौधरी समूहले निर्माण गरेको शाश्वत धाम पुग्नेछन् । जहाँ उनले भोलिदेखि ४ गतेसम्म हनुमान कथा वाचन गर्नेछन् ।

यसअघि उनलाई गृहमन्त्री नारायण काजी श्रेष्ठ र परराष्ट्र मन्त्री नारायण प्रसाद साउँदले भेट गरिसकेका छन् । सांसद अमरेशकुमार संिहले पनि उनलाई भेटेका सञ्चारमाध्यमहरुले जनाएका छन् ।