![]()
टीकापुर । लुम्बिनी प्रदेशसभाको सचिवमा पुनः दुर्लभकुमार पुन नियुक्त भएका छन् ।
सभामुख तुलाराम घर्ती मगरको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले आज पुनलाई नियुक्त गरेका हुन । नेपालको संविधानको धारा १९५ बमोजिम प्रदेश प्रमुख शेरचनले पुनलाई नियुक्ति गरेका हुन् ।
सुदूरपश्चिम प्रदेश कैलाली जिल्लाको टीकापुर नगरपालिका वडा नं १ बनगाउँमा जन्मिएका पुन माओवादी जनयुद्धमा ५ वर्ष भूमिगत हुँदै राजनीतिकमा सक्रिय थिए । ४८ वर्षीय पुन नेपाल ल क्याम्पसबाट कानुन विषयमा स्नातकोत्तर राजनीति शास्त्रमा पनि स्नातकोत्तर उर्तिण गरेका छन् ।
उनी ६ वर्ष कानुन व्यवसायमा संलग्न रहेका पुनसँग पत्रकारिताको पनि अनुभव छ । पुनले यसअघि ५ वर्ष प्रदेश सभा सचिवालयको जिम्मेवारी सम्हाली सकेका छन् । उनको यो दोस्रो कार्यकाल हो ।
