![]()
बलिउडमा अक्सर स्टारको रिलेशनशिपबारे चर्चा भइरहन्छ । अहिलेसम्म कयौँ स्टारको शिलेशनशिप बाहिर आएको छ । तर अभिनेत्री सोनाक्षी सिन्हाको रिलेशनशिपको खबरको विषयमा सुनिँदैन ।
हालै द कपिल शर्मा शोमा सहभागी सोनाक्षीले आफू अहिलेसम्म सिंगल रहेको बताएकी छन् । ‘म यस्ता ब्यक्तिको खोजीमा छु , जो इमान्दार होस्, अग्लो होस् र सफा मनको होस्’, सोनाक्षीले भनिन् ।
सोनाक्षीले यस अगाडि पनि धेरै पटक यसै गरेर रिलेसनसिपको विषयमा कुरा गरेकी छन् । कामको कुरा गर्ने हो भने सोनाक्षी पछिल्लो समय फिल्म ‘भुजः प्राइड अफ इन्डिया’मा देखिएकी थिइन् । उनी छिट्टै फिल्म ‘काकुडा’मा देखिनेछिन् ।
