Loading

पंकज निषाद
नेपालगञ्ज/सन्त निरंकारी सत्संग भवन नेपालगञ्जमा शनिबार बालसंगतको आयोजन गरियो । उक्त बालसंगतलाई संत निरंकारी दांग तुल्सीपुरकी मुखी आदरणीय बहिनी शारदा जीसीको प्रमुख आतिथ्यमा भयो ।
बालसंगतलाई सम्वोधन गर्दै उहा“ले बाल मष्तिष्क कोरो कागजजस्तै स्वच्छ र पवित्र हुने बताउनुभयो । कोरो कागजमा जस्तो चित्र को¥यो त्यस्तै बन्ने हुनाले बालबालिकाहरुलाई सही शिक्षा, संस्कार दिन आवश्यक भएको बताउनुभयो ।
मुखी डांगीले असल बालबालिकाले नै भोलि समाज र देशको समेत नेतृत्व गर्ने भएकोले उनीहरुलाई सही शिक्षा प्रदान गर्नुपर्ने अभिभावकको कर्तव्य हुने बताउनुभयो । उहा“ले निरंकारी महापुरुषहरुले आप्ना बालबालिकाहरुलाई भौतिक शिक्षाका साथै आध्यात्मिक शिक्षा (सेवा सत्संग सुमिरणको शिक्षा) दिनुपर्ने बताउनुभयो ।
उक्त सत्संगलाई सत्संग भवन नेपालगञ्जका मुखी महात्मा शिवप्रसाद गोडिया जी, अतिथी महापुरुष तुल्सीपुर उपमहानगरपालिका वडा नं ७ की सचिव पुष्पा डांगी, बहिनी सुशिला कश्यप, दीपमाला गोडियाले विचारको माध्यमद्वारा भावना प्रस्तुत गर्नुभएको थियो ।
उक्त अवसरमा विवेक तथा राघव भट्टराई, श्यामसुन्दर यादवले भजन र महापुरुष पंकज निषादले कविताको माध्यमद्वारा बालसंगतको महत्वमाथि प्रकाश पार्नुभएको थियो । यसैगरी प्रेरणा, रमन, सिर्जन, आरम्भ, सिमरन, धानी, क्षमता, अनुष्का, मुस्कान, सुमित, सुदिक्षा महापुरुषहरुले नाटक तथा नृत्यको माध्यमद्वारा बालसंगतको महत्वमाथि प्रकाश पार्नुभएको थियो ।
नेपालगञ्ज, खजुरा, बैजापुर, कोहलपुर लगायतका विभिन्न स्थानबाट साधसंगतको सहभागिता रहेको थियो । उक्त कार्यक्रमलाई महापुरुष सचिन गोडिया र संदीप कश्यपले संचालन गर्नुभएको थियो ।