![]()
५४ युगल जोडी परिणय सुत्रमा बाँधिए
दिल्ली, ८ मंसिर सत्गुरु माता सुदीक्षा जी महाराजको पावन सान्निध्यमा ७५ औं वार्षिक निरंकारी सन्त समागमको अवसरको समापनपछि बिहीबार सामूहिक विवाह कार्यक्रम आयोजन गरिएको छ ।
सन्त निरंकारी मिशनको सामाजिक शाखा समाज कल्याण विभागद्वारा सामूहिक विवाह समारोहको आयोजना बिहान ११ बजेसन्त निरंकारी आध्यात्मिक स्थल समालखा (हरियाणा)मा भएको थियो । विाहमा ५४ युगल जोडी परिणय सूत्रको पवित्र बन्धनमा बँधिएका छन् । नवविवाहित जोडीहरुलाई निरंकारी सत्गुरु माता सुदीक्षा जी महाराजले आशीर्वाद प्रदान गर्नुभएको थियो । उनीहरुको सुखद जीवनका लागि मंगलको कामना गर्नुभयो । यस शुभ अवसरमा मिशनका हजारों श्रद्धालु भक्तहरु, वर-वधु, उनका बुबा आमा र परिवारका सदस्य तथा आफन्तजनहरु सहभागी भएका थिए ।
यस साधारण रीतिमा पारम्परिक जयमालाका साथ निरंकारी विवाहको विशेष चिन्ह, साझा हार पनि प्रत्येक जोडेीलाई मिशनका प्रतिनिधिहरुद्वारा पहनाइएका थिए । विवाहको लावाको समयमा सत्गुरु माता जीले वर(वधूलाई पुष्प(वर्षा गरेर आफ्नो दिव्य आशीर्वाद प्रदान गर्नुभयो । उहाँसँगै सम्पूणृ सत्संगत, वर(वधूका आफन्तसहरुले पनि पुष्प(वर्षा गरेका थिए। निश्चित रूपमा यो एउटा अलौकिक दृश्य थियो।
मिशनका तेस्रो गुरू बाबा गुरबचन सिंह जीले समाज कल्याण अंतर्गत सादा विवाहमा विशेष जोड दिनुभएको थियो । उहाँको मात्र यही उद्देश्य थियो कि हामी सबै व्यर्थमा अनावश्यक खर्च र प्रदर्शनको भावनामा कमि गरौं । उहाँको लोक लोकल्याणको यस भावनालाई अग्रसर गर्दै सत्गुरु माता सुदीक्षा जी महाराज सबै भक्तहरुको मार्गदर्शनगरिरहेका थिए ।
आजको यस शुभ अवसरमा समग्र भारतका भिन्न(भिन्न राज्यहरुबाट विवाहका लागि कुल ५४ युगल जोडी सम्मिलित भएका थिए जसमा मुख्यतः आसम, चंडीगढ, दिल्ली, हरियाणा, जम्मू एंव कश्मीर, महाराष्ट्र, मध्य प्रदेश, उड़ीसा, पंजाब, राजस्थान, उत्तर प्रदेश, उत्तराखण्ड एंव पश्चिम बंगालका थिए । सामुहिक विवाह सम्पन्न भएपछि सबैका लागि भोजनको सम्पूर्ण व्यवस्था निरंकारी मिशनद्वारा गरिएको थियो ।
नव विवाहित जोडीलाई आशीर्वाद प्रदान गर्दै सत्गुरु माता सुदीक्षा जी महाराजले भन्नुभयो कि मिशनको सिकाईलाई अपनातएर तीँ दिव्य गुणहरुलाई आफ्नो जीवनमा ढालेर प्रेमपूर्वक गृहस्थी जीवन जिउनु छ घर परिवारमा आफ्नो कर्तव्यलाई निभाएर सबैको आदर सत्कार गर्नु पर्दछ र मिशनका सिद्धांहरुलाई अपनाएर सबैलाई अपनाएर सबैका साथ अपनत्व र मिलवर्तनपूर्वक बस्नु छ ।

