Loading

धनगढीः कैलाली क्षेत्र नम्बर–४ मा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेद्वार तथा पूर्वमन्त्री लेखराज भट्ट र सत्ता गठबन्धनको प्रमुख दल नेपाली काँग्रेसका उम्मेदवार एवं पूर्वमन्त्री वीरबहादुर बलायर वीच मतगणनामा प्रतिस्पर्धा चलेको छ ।
सोमबार राति ९ बजेसम्मको पछिल्लो मत परणाम अनुसार भट्टले १८१२ मत पाएका छन्भने बलायरले १८१५ मत पाएका छन् । दुवै उम्मेद्वारहरुवीच केल ३ मतको अन्तर रहेको छ ।
केही बेर अघिसम्म बलायतर अलि बढी मतले अगाडि भएपनि पछिल्लो मतगणनामा त्यो अन्तरलाई घटाउँदै भट्ट केवल तीन मतले पछि छन् । सम्भवत भट्टले नै बाजी मार्नेजस्तो यसअघि एकनजरको प्रक्षेपणले देखाएको थियो ।
भट्ट गोदावरी कैलालीमा सुदूरपश्चिम प्रदेश राजधानीका अगुवा हुन् भने बलायर दीपायल बनाउने पक्षधरका अगुवा हुन् । त्यसैले पनि बलायरभन्दा भट्ट विजयी हुनसक्ने बताइएको छ ।