![]()
टीकापुर, आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि कैलालीमा एक हजार ८१२ जना प्रहरी खटाइएको छ । निर्वाचनका लागि नेपाल प्रहरीका १ हजार ८१२ खटिएका छन्भने त्यष्ससँगै २ हजार ८१२ जना म्यादी प्रहरी पनि खटाइएका छन् ।
नेपा प्रहरीसँगै, सशस्त्र प्रहरी र नेपाली सेना गरी सुरक्षाका तीनवटै अंग निर्वाचनका लागि परिचालन गरिएको छ । नेपाल प्रहरी पहिलो घेरामा त्यसपछि सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना खटाइएको बताइएको छ । सुरक्षाका तीनवटै अंग परिचालनसँगै कैलाली जिल्लाको निर्वाचनमा शान्ति सुरक्षाको व्यवस्था सहज हुने बताइएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले सुरक्षाके व्यवस्था राम्रो गरिएको बताए । जिल्लामा सामान्य, संवेदनशिल र अतिसंवेदनशिल गरी ३ प्रकारका मतदान केन्द्रहरु रहेको प्रवक्ता जोशीले बताए । यसपटक अस्थायी मतदान केन्द्रको पनि व्यवस्था गरिएको छ ।
कैलालीका सबै निर्वाचन क्षेत्रमा सुरक्षाको चुनौतीलाई ध्यान दिएर प्रहरी परिचालन गरिएको प्रवक्ता जोशीले बताए ।
चुनावको समयमा सबै नागरिकहरु चुनावमा होमिएको मौका छोपी गाउँ समाजमा चोरी डकैती पनि हुन सक्ने सम्भावना रहेकाले प्रहरी प्रशासन त्यसतर्फ पनि सचेत रहेको र त्यसमा नागरिकहरुलाई पनि सचेत रहन आग्रह गरिएको छ ।
पाँच् वटा संघीय निर्वाचन क्षेत्र र १० वटा प्रादेशिक निर्वाचन क्षेत्र रहेको कैलालीमा ५ लाख, ३५ हजार ५१४ जना मतदाता रहेकोा छन् ।
मंसिर ४ गतेको निर्वाचनका लागि कैलाली जिल्लामा २३७ ओटा मतदान स्थल र ६२९ ओटा मतदान केन्द्र रहेका छन् भने ८ ओटा अस्थायी मतदान स्थल पनि कायम गरिएका छन् । अस्थायी मतदान केन्द्र पहिलोपटक कायम गरिएको हो ।
