Loading

कात्तिक, २९ (समालखा, हरियाणा)
अध्यात्मवाद र मानवता एकसाथ भन्ने मूल नाराका साथ भारतको हरियाणा राज्यस्थित पानीपतमा ‘७५ औ निरंकारी वार्षिक सन्त समागम’ भोलि (बुधबार)बाट शुरु हुन गइरहेको छ ।


निरंकारी माता वर्तमान सद्गुरु सुदिक्षा जी महाराजको पावन सानिध्यमा समालखास्थित निरंकारी समागम मैदानमा हुने उक्त कार्यक्रम कात्तिक ३० गतेदेखि मंसिर ४ गतेसम्म हुन गइरहेको संन्त निरंकारी मण्डल प्रेस एण्ड पब्लिसिटी विभाग दिल्लीले जनाएको छ ।


प्रेस तथा पब्लीसिटी विभाग एन्चार्ज राज कुमारीद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा जनाइएका अनुसार करिब ६ सय एकड क्षेत्रफल रहेको उक्त निरंकारी आध्यात्मिक स्थलमा हरेक वर्षझैं यस वर्षपनि १० लाख श्रद्धालु सन्तभक्तहरुको सहभागिता रहने छ । सन्त समागम सम्पन्न गर्न सन्त निरंकारी मण्डल सेवादल विभागले सेवादल विभागका उपमुख्य सञ्चालकहरुको नेतृत्वमा उक्त स्थललाई विभिन्न ४ वटा भागमा विभाजन गरेको छ । विभागले जसमा एकलाख ५० हजार सेवादल (सवयंसेवकहरु) अतिथि श्रद्धालुहरुको सेवाको लागि परिचालन गरेको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ, सेवा स्वास्थ्य सेवा तथा समाज कल्याण विभागद्वारा उक्त कामर्यक्रमको लागि ५ वटा एलोप्याथिक, ४ वटा होमोप्याथिक स्वास्थ्य सम्बन्धी स्टलहरु राख्ने जनाइएको छ जसमा २ सय जना चिकित्सकहरुले निशुल्क सेवा प्रदान गर्नेछन् । मण्डलको तर्फबाट १२ र हरियाणा राज्य सरकारको तर्फबाट २० वटा एम्बुलेन्सहरु तयारी अवस्थामा राखिएको छ ।


यस्तै कार्यक्रममा ५० वटा सुरक्षा चेकपोष्ट र भोजनका लागि निशुल्क ४ वटा भोजनालयका साथै २६ वटा सुपथ मुल्य दरका क्यान्टिनको व्यवस्था गरिएको छ । यस्तै आवागमन सहजताका लागि भारतीय रेल्वेको सहकार्यमा दिल्लीदेखि भोडवाल मञ्जरी रेल्वेस्टेशन समालखा समागम मैदानसम्म सेवा सहज बनाइएको विज्ञप्तिमा जनाइएको छ ।
यस्तै समागम स्थलमा निरंकारी मिशनको बारेमा ऐतिहासिक जानकारीका लागि निरंकारी प्रदर्शनी राखिएको छ । जसमा समागमको महत्व, सद्गुरुका देश विदेशमा गरिएका मानव कल्याण यात्रा, मिशनको विगतदेखि वर्तमानसम्मको मण्डलको जानकारीका साथै अध्यात्मिक प्रेरणा दिने खालका नाट्य कार्यक्रमहरु प्रदर्शित गरिने जनाइएको छ । यस्तै प्रकाशन विभागद्वारा २० वटा साहित्य सम्बन्धी स्टलहरु राखिएका छन् । जसमा निरंकारी साहित्य, फोटोे, डायरी, स्मारिकाका साथै विभिन्न भाषाभाषी सम्बन्धी पुस्तक राखिने जनाइएको छ ।


यस्तै मानव कल्याणका लागि सन्त निरंकारी मिशन समाज कल्याण विभागद्वारा निशुल्क स्वास्थ्य जाच, रक्तदान शिविर सञ्चालन गरिएको छ । मण्डलको आफ्नै ब्लड बैंकमा १२ लाख १६ हजार २ सय १७ युनिट रगत संकलन गरिएको विज्ञप्तिमा जनाइएको छ । यसअघि मानव कल्याणका लागि कोविड १९ को समयमा विश्वभरमा रहेका धेरैजसो निरंकारी सत्संग भवनमा कोविड १९ उपचार केन्द्र बनाइएका थिए । जसबाट लाखौँ मानिसहरुलाई लाभ मिलेको थियो ।
हरेक प्रकारबाट यस वर्ष हुन गइरहेको ७५ औं वार्षिक निरंकारी सन्त समागग अध्यात्मवाद र मानवता एकसाथ को दिव्य समागमको उदाहरण बनेर समग्र मानव समुदायलाई प्ररित गर्न प्रतिवद्ध रहेको जानकारी गराइन्छ भनेर विज्ञप्तिमा जनाइएके छ ।


विश्वस्तरको नमूनाका रुपमा रहने यस सन्त समागममा दक्षिण एशियाका अतिरिक्त विश्वभरका ६० भन्दा बढी मुलुकहरुबाट निरंकारी श्रद्धालु सन्त भक्तहरु आउने गरेका छन् । मानवताको प्रतीकका रुपमा रहने यस समागमा हरेक जातजाति, धर्म वर्ण सम्प्रदायका मानिसहरु मित्रवत रुपमा भाइबन्धु सरह सहभागिता जनाउने गरेकाले पनि निरंकारी सन्त समागम विश्वभरमा उदाहरणीय रहने गरेको छ । कार्यक्रमस्थल यतिबेला दीपावली जस्तै सिंगारिएको छ । रात्रिपख देखिने बत्तिका लहरले सुन्दरता बढाएको र देशविदेशबाट आएका सन्त महापुरुषका सन्त महापुरुषका विचार, भजन, कविता र सद्गुरुका दिव्य सन्देशमय विचारले सहभागी सबैलाई आनन्दित बनाउने गरेको छ ।