![]()
टीकापुर/हिमालय टेलिभिजनद्वारा अहिले बुटवलको होटल डिभेन प्यालेसमा उम्मेद्वारहरुवीच नुक्कड बहशको प्रत्यक्ष प्रसारण गरिएको छ ।
बहशमा नेपाली काँग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँड, स्वतन्त्र वामपन्थी नेता घनश्याम भुसाल, नेकपा एकीकृत समाजवादीका सचिव विजय पौडेल लगायतका उम्मेद्वार नेताहरु सहभागी भइरहेका छन् । कार्यक्रम प्रस्तोता बनियाले एमाले उपाध्यक्ष विष्णु पौडेल केही समयपछि मात्र आउने जानकारी गराइरहेका छन् ।
बहश कार्यक्रममा सहभागी नेताहरुलाई स्थानीयहरुले विभिन्न प्रश्नहरु राखिरहेका छन् । राजधानी अलपत्र पारेको, राजधानी साँटेको, पटकपटक चुनाव जितर केही गर्न नसकेकोले नयाँ अनुहारलाई चयन गर्नुपर्ने कुरा समेत बताइरहेका छन् ।

