![]()
टीकापुर ५ कात्तिक/
टीकापुर नागरिक समाजको चौथो भेलाले भीमराम चपाईको संयोजकत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
नागरिकका अधिकार तथा जनजीविकाका पक्षमा वकालत गर्दै आएको लुज फोरमका रुपमा स्थापित उक्त संस्थाको शनिबार टीकापुरमा भएको चौथो नागकि भेलाले कार्यसमिति चयन गरेको हो ।
भेलाले कार्यसमितिको सहसंयोजकमा नवराज भट्टराई, सचिवमा एकेन्द्र तिमिल्सैना र सदस्यहरुमा हर्कबहादुर भण्डारी, सुमनकुमार न्यौपाने, यज्ञराज ज्ञवाली, मीनबहादुर बि.क., सोहनलाल कठरिया, ताराप्रसाद जोशी, शेरबहादुर विष्ट रहेका छन् । कार्यसमिति संयोजकले २ सदस्य पछि थप्ने जनाएका छन् ।
कार्यसमिति चयन अघि फिरुलाल चौधरी, गणेशप्रसाद ओझा, दुर्गाप्रसाद भण्डारी, टंक संज्याल र मात्रिकाप्रसाद तिमिल्सैना भएको अध्यक्षमण्डल चयन गरेको थियो । निर्वाचनको समेत जिम्मेवारी रहेको उक्त अध्यक्ष मण्डलले कार्यसमिति निर्वारोध चयन गरेको हो ।
यसअघि उक्त समाजका अध्यक्ष शंकरप्रसाद शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संस्थापक अध्यक्ष यज्ञमुर्ति अर्याल, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशसमितिका संस्थापक उपाध्यक्ष दुर्गाप्रसाद भण्डारी, शिक्षकद्वय सुमानकुमार न्यौपाने, चक्र अधिकारी, भुवनेश्वर अधिकारी, मात्रिका तिमिल्सैना, प्रम भट्टराई, लोकबहादुर नेपाली, टंक संज्याल, ताराप्रसा जोशी, फिरुलाल चौधरी र हर्कबहादुर भण्डारी लगायतले आआप्mनो धारणा राखेका थिए ।
धारणा राख्नेहरुले नागरिक समाजको कार्य नागरिकका जनजिविकाका सवाल, नागरिकका आधारभूत आवश्यकताहरु, नागरिकका अधिकार तथा कर्तव्यहरुको विषयमा सम्बन्धितलाई सचेत गराउने, सुझाव दिने विषयमा केन्द्रित हुनुपर्ने बताएका थिए । वक्ताहरुले जहाँ नागरिक समाज बलियो हुन्छ त्यहाँ लोकतन्त्र पनि बलियो हुने र नागरिकले कुनै प्रकारका दुःख भोग्नु नपर्ने बताएका थिए ।
