Loading

 चितवन/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशमा व्यवस्था बदलिएपनि अवस्था जहाँको त्यही भएको भन्दै अब जनताको अवस्था बदलेर उनीहरुको मुहारमा खुशी ल्याउने चाहना व्यक्त गरेका छन् ।

चुनावी कार्यक्रममा सहभागी हुन शनिबार चितवन गएका अध्यक्ष दाहालले आइतबार भरतपुरमा पार्टी प्रवेश तथा समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै सो धारणा राखेका हुन् । प्रचण्डले आफ्नो नेतृत्वमा दुई पटक सम्म सरकार सञ्चालन गर्दा जनताको मुहारमा खुशी ल्इाउन सक्दो पहल गरेको पनि बताए ।

उनले चितवनमा नमूना विकासको प्रयास गरेको भन्दै त्यसलाई अब देशव्यापी विस्तार गर्ने पनि बताए । प्रचण्डले निकै ठूलो त्याग र बलिदानबाट देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको स्मरण गर्दै परिवर्तन उल्ट्याउन खोज्ने हर्कतहरुलार्य नेपाली जनताले कदापी सहन नसक्ने बताए ।

उनले माओवादीपार्टी नै देश र जनताको भविष्यको निम्ति लड्ने पार्टी भएकोले अब जनताको मुहारमा खुशी ल्याउन पनि माओवादीले नै नेतृत्व गर्ने बताए । उनले भने, ‘चितवनमा अहिले नमूना विकासको प्रयास गरेका छौं, आगामी दिनहरुमा निकै ठूलो फड्कोका तीव्र गतिमा विकास र समृद्धिको नयाँ मोडेल चितवनले प्रदर्शन गर्नेछ ।’

चितवनको विकासको मोडेल देशैभरी विस्तारित गर्ने पनि उनले बताए । कार्यक्रममा विजय सफल व्यवसायी वामपन्थी यूवा नेता विजय घलेका साथै मुश्लिम समुदायका महत्वपुर्ण नेतृत्वहरू विभिन्न महिला समुहका युवाहरू माओवादीमा प्रवेश गरेका थिए । देशको परिवर्तनको मुलधारको नेतृत्व अध्यक्ष क. प्रचण्ड र माओवादी पार्टी नै भएको भन्दै उनीहरुले आफूहरु माओवादीमा प्रवेश गरेको बताएका छन् ।