![]()
एकीकृत अखिल नेपाल शिक्षक संगठन जानकी गाउँपालिका तेस्रो अधिवेशन नरेश थापाको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गर्दै शनिबार दुर्गौलीमा सम्पन्न भएको छ ।
कमिटीका अन्य पदाधिकारीहरुमा बरिष्ठ उपाध्यक्ष प्रेम बि.क., महिला उपाध्यक्ष बिन्द्रा थापा बलामी मगर, सचिव खगेन्द्र राजओझा, कोषाध्यक्ष नम्रता ताम्राकार रहेका छन् ।
यसैगरी सदस्यहरुमा शिवराज भाट, मंगला देवी थापा रावल, रामकुमार चौधरी, हरिप्रसाद चौधरी, रंग रोक्का मगर, छोटेलाल चौधरी रहेका छन् ।
कार्यसमितिले शनिबार नै धर्मराज न्यौपानेको संयोजकत्वमा एक सल्लाहकार समिति पनि गठन गरेको छ जसमा सदस्यहरु दुर्गाप्रसाद लम्साल, बिरेन्द्र बहादुर खड्का, मनिराम चौधरी, मिना शाही, शमशेर बम, दिर्घ राज अधिकारी रहेका छन् ।
यसैगरी एकीकृत अखिल नेपाल शिक्षक संगठन टीकापुरको शनिबार नै सम्पन्न नगर अधिवेशनले जोगी रावलको अध्यक्षतामा १५ सदस्यीय नगर समिति गठन गरेको छ । यस्तै एकीकृत अखिल नेपाल शिक्षक संगठन लम्की चुहा नगर कमिटीको पनि आजै सम्पन्न नगर अधिवेशनले पनि रणबहादुर भण्डारीको अध्यक्षतमा १५ सदस्यीय नगरसमिति गठन गरेको छ ।


