Loading

धनगढी/आफ्नै श्रीमती ३३ वर्षीया ललिता नाम्जाली मगरको कुटपिट गरी हत्या गरेको अभियोमगा गौरीगंगा नगरपालिका(५ अण्डैया बस्ने ३६ वर्षीय शेर बहादुर नाम्जाली मगरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

शेर बहादुरको कुटपिटबाट ललिताको मृत्यु भएको, १७ वर्षीया छोरी गम्भीर घाइते र १२ वर्षीय छोरा सामान्य घाइते भएको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मसुरिया र ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले अण्डैया गाउँबाट भागरिरहेको अवस्थामा फेला पारी उनलाई पक्राऊ गरेको हो ।

गम्भीर घाइते छोरीलाई उपचारका लागि सेति प्रादेशिक अस्पताल धनगढीमा पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।